पोखरा । पोखरामा तेस्रो ‘मेगा एजुकेशन फेयर’ शुक्रबारदेखि सुरु भएको छ । न्युरोडको सिटी स्क्वायरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि मेला सञ्चालन भएको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा वर्षेनी आयोजना गरेको मेलाको यो तेस्रो संस्करण हो । दुई दिने मेला आजसम्म चल्नेछ ।
शुक्रबार मेलाको प्रिजेन्टर समेत रहेको क्विन्सफोर्ड कलेजका प्रतिनिधि एवं इक्यानका केन्द्रिय निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, टाइटल स्पोन्सरमा ग्लोबल रिचकी शाखा प्रबन्धक सरीता गुरुङ र फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनलका प्रबन्ध निर्देशक सन्दिप अर्यालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।

अध्ययनका लागि रोजाईका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले बताए ।
फेयरमा उत्कृष्ट कलेज र युनिर्भसिटि तथा कन्सल्टेन्सिहरु गरि २० वटा भन्दा बढी संस्थाहरु सहभागी छन् । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरु रहेको आयोजकले जनाएको छ ।
यस मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बताइएको छ । क्विन्सफोर्ड कलेज प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ । फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् ।

यस एजुकेशन फेयरका इन एशोसिएशन विथमा इम्पल्स इन्टरनेशनल रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा इप्लानेट, एक्सेस एजुकेशन, इनसर्च एजुकेशन, थर्ड आई एजुकेशन, नेप्कम्स युनिस्टार, कंगारु, न नेक्स्ट, मेट्स इन्टरनेशनल, प्याकेशिया, बुम¥याङ इन्टरनेशनल, प्रोफेशनल एजुकेशनल, काठमाण्डु इन्फोसिस, अष्ट्रेलियन टेक्निकल कलेज, ओम्स अब्रोड, मिराकल इन्स्टिच्युट, अस् स्टडिज, डेल्टा, एई ग्लोबल लगायत रहेका छन् ।

मेलामा विद्यार्थीहरुको लागि विशेष अफरहरु पनि रहेको आयोजकले जनाएको छ । मेलामा आउने सुरुका एक हजार जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउने आयोजकले बताएको छ ।
अष्ट्रेलिया, अमेरिका र न्यूजिल्याण्डका कलेज तथा यूनिभर्सिटीहरुमा स्थलगत भर्ना तथा छात्रवृत्ति सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यस्तै, टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ । त्यो संगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो मेला आयोजना गरिएको ‘वान अप’ ले बताएको छ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो