महेन्द्र जिसी, पर्वत । फलेवास नगरपालिकाको दोस्रो नगरसभाले ११ विषयका विधेयक पारित गरेको छ । संसदीय अभ्यासानुसार भएको नगर सभा विहीबार विहान ११ बजेदेखि साढे ३ बजेसम्म चलेको थियो ।
एकैदिन दुई पटक बसेको नगरसभाको पहिलो चरणमा नगर कार्यपालिकाका सदस्यहरुले विधेयक सभाध्यक्ष समक्ष पेश गरेका थिए । दोस्रो चरणमा प्रस्तुत विधेयकको टिप्पणी सहित विधेयक पारित गरेको हो । सभाले नगरपालिकाको शिक्षा विधेयक, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने विधेयक, कृषि विषय प्रबर्धन विधे
यक, न्यायिक कार्यविधि विधेयक, सार्वजनिक निजी साझेदारी सम्बन्धि विधेयक पारीत गरेको हो । यसैगरी, सभाले विधायन समिति विधेयक, सरकारी विधेय, विपद जोखीम न्युनीकरण तथा व्यवस्थापन विधेयक, नगरका सञ्चालनमा रहेका गैरसरकारी संस्था सञ्चालन तथा समन्वय विधेयक र कर विधेयक समेत पारित गरेको छ ।
सभामा कार्यपालिकासदस्यहरुले शिक्षामा गुणस्तर कायम गराउनुपर्ने, कृषि अनुदान व्यवस्थित गर्दै निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँदै पकेट र वल्व विभाजन गरेर खेती प्रणालीमा सुधार ल्याउन आवश्यक रहेको बताए ।
कार्यपालिका सदस्य अर्जुन बहादुर कार्कीेले भुगोल अनुसार खेती पशुपंक्षी व्यवस्थापनमा सुधार ल्याउन सभामा माग गरे । सभामा न्यायिक संयोजक उपमेयर मन्जु अधिकारीले आर्थिक विधेयक र कर विधेयक पेश गरि ।
कार्यपालिका सदस्य हरिराम रेग्मीले सार्वजनीक निजी साझेदारी, विधायन र न्यायीक कार्यविधि विधेयक पेश गरे । मन बहादुर कुँवरले विपद् जोखिम विधेयक र गैर सरकारी संस्था विधेयक पेश गरे । नगरसभा मेयर पदमपाणी शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।
सम्बन्धित खबर
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पर्वतमा सामुदायिक वनमा आगो लगाउने २ जना पक्राउ
पर्वतमा निर्माणाधीन सडक योजनामा १६ करोड बजेट थप
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम