मर्स्याङ्दी नदीबाटै स्काभेटर र ट्याक्टर पक्राउ

मर्स्याङ्दी नदीबाटै स्काभेटर र ट्याक्टर पक्राउ

tractor

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. ३ तुरतुरे स्थित मर्स्याङ्दी नदीमा अबैध रुपमा नदिजन्य पदार्थको उत्खनन गर्ने स्काभेटर र ट्याक्टर लाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ग १ क २६४८ नं. को र लु २ त १७०८ नं. को ट्याक्टर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्काभेटरको प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन ट्याक्टरमा लोड गरी ओसार पसार गर्दै गरेको अबस्थामा दुबै सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सवारी साधन लाइ बुधबार आबश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रनाउ सुनिल मल्लले बताए । एक साता यता जिल्ला प्रहरी कार्यालय तनहुँले मस्र्याङ्दी, सेती, मादीलगायतका नदीबाट नियन्त्रणमा लिएका डेढ दर्जन सवारीसाधन कारबाहीका लागि जिल्ला समन्वय समितिमा पठाएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ