सूर्य तिमिल्सिना, पोखरा | झापा दमक -२ घर भएकी २४ वर्षीया जानुका पराजुली किशोर अबस्थामै मलद्वारको क्यान्सरबाट पिडित हुन पुगिन् | परिवारले आफ्नो भएको जाय जेथा बेचेरै भए पनि उनको उपचारको लागि कुनै कसुर बाँकी राखेन | तर उनको क्यान्सर झन् झन् जटिल हुँदै गएकोले थप उपचारको लागि भारतको नयाँ दिल्ली लैजानु पर्ने भयो |
प्रारम्भिक चरणमै परिवारको अलि अलि भएको सम्पति समेत सबै सकियो | दिल्ली लगेर उपचार गर्न उनीहरुको लागि असम्भव जस्तै थियो |तर जानुका पराजुली आर्थिक अभावकै कारण उपचार नपाएर जीवन र मृत्युको दोधारमा छट्पटिको खबर सामाजिक संजालमा पोष्ट भए पछी भने उनको उपचारको लागि सहयोग संकलन अभियान सुरु भयो |उनको उपचारको लागि धेरै ठाउँबाट आश्वासन आएपछि अहिले उनको भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ |
यता पोखरामा युवाहरुले जानुका पराजुली बचाउ अभियान नै चलाएर एक हप्ता भन्दा बढी सडकमै बिभिन्न कार्यक्रम गरेर आर्थिक संकलन गरे | युथ हेल्पिङ ह्यान्डस पोखरामा आबद्ध युवाहरुले यो अभियान चलाएका हुन् |
यहि जेष्ठ ५ गते पोखराको लेकसाइडमा चटपट तथा पानी पुरीको स्टलबाट अभियान सुरु गरेका उनीहरुले कहिले बिद्यालय चाहारे त कहिले सडक सडकमै आर्थिक संकलन गरे | यति मात्र हैन अन्तिम दिन सांगीतिक कार्यक्रम समेत गरेर सहयोग संकलनमा कुनै कसुर बाँकी राखेनन् |
परोपकारी मन भएका युवाहरु एकजुट भएपछी असम्भव भन्ने के नै छ र ? यसरी सडकमै बिभिन्न कार्यक्रम गरेर एक लाख ३१ हजार संकलन गरेका उनीहरुले आज बिहिबार बिरामीको आफन्तको खातामा पठाइदिएका छन्|
“कोहि व्यक्ति गरिबीकै कारण उपचार नपाएर मर्न बाध्य हुन्छ भने त्यो मृत्यु नभै हत्या हुनेछ त्यसैले हामीले यो अभियान चलाएर रकम संकलन गरेका हौँ |” कार्यक्रमको संयोजन समेत गरेका हेल्पिंग ह्यान्डस पोखराका संयोजक सुबोध भण्डारीले भने |यसरी आर्थिक अभावमा उपचार गर्न नसक्नेलाई उपचार गराउने दायित्व राज्यको हो तर हामी नागरिकले समेत आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ भनाइ थियो |
यसरी सामाजिक सेवामा सरिक हुन पाउँदा आफुँलाई समेत सन्तुस्ट मिल्ने अभियानमा सहभागीहरुको प्रतिक्रिया थियो |उनीहरुले आफ्नो अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै प्रति धन्यबाद समेत दिएका छन् |हेल्पिंग ह्यान्डस सामाजिक संजाल फेसबुकको ग्रुप हो |यसमै आबद्ध भएर युवाहरुले बिभिन्न सामाजिक कार्य गरिसकेका छन् |
सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु