जर्मनी प्रशिक्षकले दिएको जिम्न्याष्टिक्स तालिम सकियो

जर्मनी प्रशिक्षकले दिएको जिम्न्याष्टिक्स तालिम सकियो

aaaaaaaaaaaaaaa

पोखरा । जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा पोखरामा भएको जिम्न्याष्टिक्स तालिम बुधवार सकियो ।

कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठि सहित तालिम भएको हो। तालिममा जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठद्धारा प्रशिक्षण दिएका थिए।

गोष्ठिमा निजि तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सीपल गरी १ सय जना सहभागिता रहेको थियो। तालिममा सहभागिलाई प्रमाण पत्र वितरण गरिएको थियो।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेशनल प्याब्सान प्रदेश नं. ४ का अध्यक्ष याम खड्काले तालिममा सिकेका कुरा विद्यालयमा गएर सिकाउन आग्रह गरे।

तालिममा सहभागि भिम न्यौपानले तालिम फलदायी भएको बताए। कार्यक्रम जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका अध्यक्ष राजु कायस्थको अध्यक्षतामा भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ