तनहुँ कारागारबाट नौ जना कैदी जेलमुक्त

तनहुँ कारागारबाट नौ जना कैदी जेलमुक्त

kaidi minaha

किरण श्रेष्ठ, तनहुँ ।  विभिन्न मुद्दामा जेलजिवन बिताईरहेका तनहुँका नौ जना कैदीबन्दीको कैद भुक्तानी मिनाह भएको छ । गणतन्त्र दिवसको अवसरमा सरकारले ४० प्रतिशत कैद मुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीहरुको कैद भुक्तानी मिनाह गर्ने परम्परा अनुसार जिल्ला कारागार तनहुँबाट नौ जना कैदीबन्दीको बाँकी कैद भुक्तानी मिनाह गरिएको हो । बाँकी कैद भुक्तानी मिनाह भई रिहा हुनेहरुमा सवारी ज्यान मुद्दाका ४ जना, कर्तव्य ज्यान मुद्दाका ३ जना, १ जना चोरीका र बहुबिबाहका १ जना रहेको जिल्ला कारागार तनहुँले जनाएको छ । जवरजस्ती करणी, हातहतियार, वन्यजन्तु, लागु औषध लगायतमा भने कैदीलाई छुट छैन ।

सवारी ज्यान मुद्दामा कैद मिनाह भएकाहरु :

१. कृष्ण बहादुर थापा (व्यास नगरपालिका वडा नम्बर १२)
२. अर्जुन गुरुङ (धादिङ)
३. तारानाथ पुरी (सर्लाही)
४. विनोद मगर (महोतरी)

कर्तव्य ज्यान मुद्दामा कैद मिनाह भएकाहरु :

१. शेरबहादुर आले (रिसिङ गाउपालिका)
२. जग बहादुर राना (व्यास नगरपालिका वडा नम्बर १४ )
३. कौशल रानामगर (गोरखा)

चोरीमा कैद मिनाह भएका :
१. बुद्दिमान गुरुङ (कास्की)

बहुविवाह उद्योगमा कैद मिनाह भएकाहरु :
१. राजकुमार राना (नवलपरासी)

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds