काठमाडौं । सरकारले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट प्रस्तुत गरेको छ।
मंगलबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन्। बजेटले ‘समृद्ध नेपाल सुखी नेपाल’को नारालाई आत्मसाथ गर्दै विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ।
कुल विनियोजनमध्ये चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ५५ करोड ६० लाख रहेको छ।
https://www.facebook.com/gandaknews/videos/829003597291894/
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख व्यहोर्दा ४ खर्ब २५ अर्ब २ करोड ८२ लाख न्यून हुने बजेटमा उल्लेख छ। सो पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख जुटाइने र राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि अनपुग हुने १ अर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उल्लेख छ।
स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बजेटले रोजगार वृद्धिदेखि वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै समृद्ध नेपाल बनाउने मार्गचित्र कोरेको छ।
हेर्नुस् बजेटको पूर्णपाठः
[better-wp-embedder width=”100%” height=”800px” download=”all” download-text=”” attachment_id=”9916″ /]
Budget Speech 2075
सम्बन्धित खबर
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन