पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ बेगनासमा कानुनी परामर्श तथा अन्तरक्रिया भएको छ ।
नवजिवन महिला बिकास संस्था पोखरा लेखनाथ – १० को आयोजना र वडा कार्यलय पोखरा लेखनाथ ३१ को प्रायोजनमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ बेगनासमा एक दिने कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
प्रमुख अतिथी जिल्ला समन्यय समितीका उपप्रमुख साबित्री भण्डारीले समाजमा यस्ता काम हुनु सकरात्मक रहेको भन्दै यस्ता कार्यक्रमलाई सहयोह गर्न आफुहरु तयार रहेको बताईन्। पोखरा लेखनाथ महानगरपालिकाका कानुनि अधिकृत राममणी अधिकारीले महिलाहरुले यस्ता कार्यक्रम गरेर समाज परिवर्तनमा भुमिका खेल्न सक्ने भन्दै समाजका हरेक नागरिक कानुनी रुपमा सचेत हुनु पर्नेमा जोड दिए ।
माझथर आमा समुहकी सहसचिब धन देबी तिवारीको संयोजकत्वमा भएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ३१ भित्र रहेका सात वटा आमा समुहको सहभागिता रहेको थियो ।

कार्यक्रममा अधिबक्ता जुना कुमारी गुरुङले सहभागीहरुलाई प्रत्येक नागरिकको अधिकार, लैंगिक भिन्नता, महिला सशक्तिकरण, महिला हिंसा र महिलाको आय-आर्जनमा भुमिका लगायतका बिषयमा सहजिकरण एवं प्रशिक्षण प्रदान गरेकी थिईन् ।
नबजिबन महिला बिकास संस्था पोखरा लेखनाथ – १० की अध्यक्ष कमला थापाको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन संस्थाकी सचिब गंगा पराजुली पौडेलले गरेकी थिईन् ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो