मुस्ताङ | हिमाल पारीको जिल्ला मुस्ताङमा ११ औं गणतन्त्र दिवसको अवसर पारेर -याली निकालिएको छ | मुस्ताङ एयरपोर्ट देखि सुरु भएको र्याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर मंच कार्यक्रममा परिणत भएको थियो |
गणतन्त्र दिवस जिल्ला समारोह समिति मुस्ताङको आयोजनामा निकालिएको उक्त र्यालीमा स्थानीय जन प्रतिनिधि,सरकारी कार्यालयका कर्मचारी,उद्योग बाणिज्य संघका प्रतिनिधि,आमा समुह,पत्रकार,राजनैतिक दलका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति थियो |
बिभिन्न संघर्ष र जन आन्दोलनको उपज स्वरूप लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र आज सम्म आइपुग्नु ठुलो उपलब्धि भएको अधिकांश बक्ताहरुको जोड थियो | कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले आजै देखि शुशासन र बिकासको लागि आफ्नो स्थानबाट सबैले प्रण गर्नुपर्ने बताए |
त्यस्तै कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेकी जिल्ला समन्वय समिति प्रमुख छिरीङ ल्हामो गुरुङले आज सम्मको उपलब्धिले अब सम्वृद्धिको बाटो खुल्ला गरेको बताइन| कार्यक्रममा घरपझोङ गाउँपालिका उपाध्यक्ष,जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष लगायतले आफ्नो भनाई राखेका थिए |
सम्बन्धित खबर
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
मुस्ताङमा ९ महिनामा झण्डै ४ लाख पर्यटक भित्रिए
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन