सबेरै सडकमा निस्किए व्यास नगरपालिकाका मेयर (फोटो फिचर)

सबेरै सडकमा निस्किए व्यास नगरपालिकाका मेयर (फोटो फिचर)

1

किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौलीमा बजार सरसफाई तथा विरामीहरु लाइ फलफूल वितरण गरेर गणतन्त्र दिवस मनाइएको छ । दमौली बजार सफा गर्न व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने कुचो लिएर दमौली बजारमा निस्किएका हुन् । ११ औ गणतन्त्र दिवसको अबसरमा ब्यास नगरपालिका र जिल्ला समन्वय समिति तनहुँको संयुक्त आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिएको हो ।
कार्यक्रममा व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशी, प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्मा, जिल्ला बन कार्यालय तनहुँका प्रमुख अम्बिका पौडेल, प्रदेशसभा सदस्य दोबाटे विक, जिसस प्रमुख शान्तिरमण वाग्ले, जिसस उपप्रमुख पवित्रा पौडेल, जिसस सदस्य गल गुरुङ, विभिन्न सरकारी कर्मचारी, वडाअध्यक्ष, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष सक्रियतामा नगर सरसफाइ गरिएको थियो । सदरमुकामको दमौली अनसन चौतारी देखि भोर्लेटार चोक सम्मका क्षेत्रमा सरसफाई गरिएको थियो ।
दिवस कै अवसरमा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्मा, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य, व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ लगाएतकाले दमौली अस्पतालका विरामीहरु लाइ फलफूल वितरण गरेका थिए ।
त्यस्तै तनहुँको सक्रिय सामाजिक सस्था लायन्स क्लब अफ तनहुँ व्यास सिटिले पनि दमौली अस्पताल र रत्नहरि अस्पतालका ३८ जना विरामीहरु लाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेका थिए । संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र दिवसको अवसरमा यसअघि दिइने गरेको सार्वजनिक विदा भने यस वर्ष कटौती भएको छ ।

सरसफाई कार्यक्रमका झलकहरु :
फोटो : गल गुरुङ 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds