मुस्ताङमा ३ दिने प्रिन्ट मेकिङ ‘उडकट’ प्रशिक्षण

मुस्ताङमा ३ दिने प्रिन्ट मेकिङ ‘उडकट’ प्रशिक्षण

pis

सुन्दर कुमार थकाली,मुस्ताङ । हिमालपारी मुस्ताङको जोमसोममा ३ दिने प्रिन्ट मेकिङ‘उडकट’ प्रशिक्षण संम्पन्न भएको छ । नेपाल ललितकला प्रतिष्ठानको आयोजना तथा पाईला नेपाल मुस्ताङको समन्वयमा तालिम प्रशिक्षण भएको हो ।

नेपाली कलाभित्रको प्रिन्ट मेकिङ कलालाई सबैमाझ परिचित गराई यसको श्रीबृद्धि गर्ने उद्देश्यले तालिम संंञ्चालन भएको नेपाल ललितकला प्रतिस्ठानका बिभागिय प्रमुख प्राज्ञ रमेश श्रेष्ठलेले जानकारी दिए ।

नेपाल प्रहरीका २ जना,शसस्त्र प्रहरीका २ जना र बाँकी स्थानीय युवाहरुगरि कुल १८ जना सहभागि प्रशिक्षार्थीले
प्रिन्टमेकिङ र चित्रकला संम्वन्धि ज्ञानसिप लिएका हुन्  । ललितकला क्याम्पसकी शिक्षिका सौरगंंगा दर्शनधारी र बिभागिय प्रमुख रमेश श्रेष्ठले तालिमको शहजीकरण गरेका थिए ।

ललितकला प्रज्ञाप्रतिष्ठानले आफ्नो स्थापनाकाला देखि देशका धेरै जिल्लामा यसप्रकारको गतिविधि गर्दे आएको छ ।कलाको माध्यमबाट व्यक्तिको क्षमता अभिबृद्धि गर्ने र यसलाई दिगो व्यवसायिकतातर्फ उन्मुख गर्ने उद्देश्य रहेको प्राज्ञ रमेश श्रेष्ठले जनाए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ