सुन्दर कुमार थकाली, मुस्ताङ । गणतन्त्र मुल समारोह समिति मुस्ताङले सोमबार कारागारका कैदी,बन्दी र अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ । सिडियो शिशिर पौडेलको नेतृत्वमा अस्पताल र कारागारमा पुगेको टोलीले फलफुल बितरण गरेका हुन् ।
३ दिने गणतन्त्र दिवस मनाउने कार्यतालिका अनुसार दिवसको अघिल्लो दिन केदीबन्दी र बिरामीलाई सिडियो पौडेल र जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जिल्ला स्वास्थ्य कार्यालय जोमसोम अस्पतालका बिरामीलाइ सयुक्त रुपमा फलफुल बितरण गरेका हुन् । त्यस्तै, टोलीले जिल्ला कारागारमा पनि पुगेर कैदीबन्दीलाई फलफुल बितरण गरे ।
संघिय लोकतान्त्रिक गणतन्त्र दिवसको पुर्वसंन्ध्यामा फलफुल बितरण गरिएको कारागार र अस्पतालका कैदी बन्दी र बिरामीलाई सुझाए । सो अवसरमा सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रिय जिल्ला अनुसन्धान प्रमुख, विभिन्न राजनितिक पार्टीका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
मुस्ताङमा गणतन्त्र दिवस भब्य र सभ्य रुपमा मनाउन जिसस प्रमुख गुरुङ संयोजकत्वमा ५३ सदस्य मुल समारोह समिति गठन भएको छ । समितिले भोली मंगलबार र बुधवार विविध कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
मुस्ताङमा ९ महिनामा झण्डै ४ लाख पर्यटक भित्रिए
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध