पोखरा कोरियोग्राफ्री वकर्सप, लेसन फर स्कूल एण्ड किन्डरगारेन्टस् टिचर, वल्ड एज्ड कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी टोली सोमवार पोखरा आएको छ ।
जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीको अयोजनामा हुने तीन दिने कार्यशाला गोष्ठिमा प्रशिक्षण दिन जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह पोखरा आएको हो ।
उनीहरुलाई जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका संयोजक राजु कायस्थ, सदस्य केशवशरण पौडेल, सदस्य राजु केसी, सदस्य शिवराज पौडेल, सदस्य मनकाजी गुरुङ, सल्लाहकार हेमन्त अधिकारी तथा प्रेस संयोजक प्रकाशचन्द्र सापकोटाले माला लागाई स्वागत गरेका थिए ।
गोष्ठि जेठ १५ देखि १७ गते सम्म चल्ने छ । गोष्ठिमा जर्मनी प्रशिक्षक रिनीहेसिचर टर्नवण्ड(जिएफए,डिटिवी) डेटलेफ मनाको समूह र नेपाल जिम्न्याष्टिक्स महासंघका महासचिव प्रकाशलाल श्रेष्ठद्धारा प्रशिक्षण दिने जिम्न्याष्टिक्स फर अल कमिटि कास्कीका सदस्य केशवशरण पौडेलले जानकारी दिए।
गोष्ठिमा निजि तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिका, प्रिन्सीपलसँग ५० वर्ष नाघेका नागरिक गरी १ सय जना सहभागिता रहने संयोजक कायस्थले जानकारी दिए ।
गोष्ठिमा करिव ४ लाख रुपैया खर्च लाग्ने जिम्न्याष्टिक्स फर अल कमिटी कास्कीका सदस्य राजु केसीले जानकारकी दिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने