सरकारी दस्तखत किर्ते मुद्दाका फरार प्रतिबादी श्रेष्ठ पक्राउ

सरकारी दस्तखत किर्ते मुद्दाका फरार प्रतिबादी श्रेष्ठ पक्राउ

दमौली ।  तनहुँको साबिक बरभन्ज्याङ गा.बि.स. वडा नं. २ हाल भानु नगरपालिका वडा नं. ५ बस्ने बाबुकाजी श्रेष्ठ लाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठलाई सरकारी दस्तखत किर्ते गरेको मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गत २०७२ पुस १२ गते ग ७ प ६३४० नं. को मोटरसाईकल चलाई दुर्घटना गराउदा सोहि स्थान निवासी शमसेर बहादुर शाहीको मृत्य भएको थियो ।

उनले तत्काल नक्कली सवारी चालक अनुमतिपत्र पेश गरेको देखिएकोले फरार प्रतिबादी बाबुकाजी श्रेष्ठलाई आज आइतबार पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds