किरण श्रष्ठ, तनहुँ । तनहुँ को व्यास नगरपालिका वडा नम्बर १२ देउरालीमा शनिबार साझ भएको सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।
शनिबार साझ भएको दुर्घटनामा गम्भीर घाइते अर्का एकको आज आइतबार पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते २ जनाको शनिबार राति नै दमौली अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा परि गम्भिर घाइते अर्का एकको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट काँकडभित्ता तर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको यात्रुवाहक रात्रिबस र डुम्रे बाट दमौली तर्फ आउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग स्थित देउरालीमा एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि शनिबार राति पर्सा सेरवा गाउँपालिका–३ का २० वर्षीय राजा राय र सोही ठाउँका २१ वर्षीय धिरज चौधरीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार पोखरामा उपचारका क्रममा मृत्यु हुनेमा पर्सा सेरवा गाउपालिका-३ हरैया बस्ने वर्ष २२ का संजय चौधरी रहेका छन् । त्यस्तै घाइते पर्सागढी नगरपालिका-९ बनेखाका भोला चौधरीको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भोला चौधरी तनहुँको डुम्रे स्थित एक हार्डवेयर पसलमा काम गर्ने र उनै भोलाले आफ्ना साथीहरु लाइ डुम्रे बोलाएको र शनिबार घुम्नको लागि एउटै मोटरसाइकलमा ४ जना सवार हुदा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार साझ ७ बजेको समयमा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो