तनहुँको देउरालीमा एउटै मोटरसाइकलमा सवार ४ जना मध्ये २ को मृत्यु, २ को पोखरामा उपचार हुँदै

तनहुँको देउरालीमा एउटै मोटरसाइकलमा सवार ४ जना मध्ये २ को मृत्यु, २ को पोखरामा उपचार हुँदै

a1

किरण श्रेष्ठ, तनहुँ ।  तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ देउरालीमा आज शनिबार साझ सवारी दुर्घटना भएको छ ।

 पोखराबाट काँकडभित्ता तर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको यात्रुवाहक रात्रिबस र डुम्रे बाट दमौली तर्फ आउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग स्थित देउरालीमा एक आपसमा ठोक्किदा २ जनाको मृत्यु र २ घाइते जना गम्भीर घाइते भएका छन ।  उक्त दुर्घटनामा परि मोटरसाइकलमा सवार ४ जना गम्भिर घाइते भएकोमा २ जनाको उपचारको क्रममा मृत्यु भएको र २ जनाको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते ४ मध्ये २ जनाको दमौली स्थित दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने २ जनाको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा वीरगन्ज पतौरा सुगौलीका राजा राय र धिरज चौधरी रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा वीरगन्ज पतौरा सुगौलीका भोला चौधरी र संजय चौधरी रहेका छन ।
उमेर नखुले पनि १८/२० वर्ष जस्तो देखिने जिल्ल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । “एउटा मोटरसाइकलमा ४ जना सवार रहेछन, घाइते २ जनाको पोखरामा उपचार हुदैछ र यस घटना बारे थप अनुसन्धान भइरहेको छ” जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्लले बताए ।

भोला चौधरी तनहुँको डुम्रे स्थित एक हार्डवेयर पसलमा काम गर्ने र उनै भोलाले आफ्ना साथीहरु लाइ डुम्रे बोलाएको र शनिबार घुम्नको लागि एउटै मोटरसाइकलमा ४ जना सवार हुदा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार साझ ७ बजेको समयमा मोटरसाइकल र बस एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds