पोखरा । गएराति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियार अझै फेला पार्न सकेको छैन । हत्कडी सहित पक्राउ परेका युवा भागेपछि कास्की प्रहरीलाई यो विषय टाउको दुःखाई बनेको छ । प्रहरीले रातभर सर्च गरेपनि भेटाउन सकेन । विहानै देखि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
थुम्सीकोट, मादी ८ का १९ वर्षीय राजकुमार परियार आफ्ना दिदीभिनाजुसँगै प्रस्र्याङमा बस्दै आएका थिए । रक्सी खाएर पारिवारिक कलह गरेका कारण प्रहरीलाई गुनासो आएपछि टोली त्यहाँ पुगेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले आफ्नै कोठामा तोडफोड गरिरहेको सूचना दिएपछि सुरक्षाका लागि टोली त्यहाँ पुगेको जनाए । उनले नजिकै मकैबारी रहेको र ठूलो पानी परेका कारण पक्राउ परेका परियार भागेको बताए ।
डिएसपी कार्कीले गण्डकन्युजसँग भने:- ‘दिदी भिनाजुसँग बस्ने रहेछन् । रक्सी खाने गर्ने र खाएपछि होस गुम्ने परिवारले पनि बताउँछन् । घर भत्काउन थालेपछि दिदी भिनाजुले नै हामीलाई जानकारी गराएको हो । सुरक्षाका लागि टोली पुगेपछि लिन भ्यान पनि गयो, त्यतिबेलासम्म उनलाई हत्कडी लगाइएको थियो । त्यो ठाउँमा मकैबारी रहेछ, पानी परेको बेला पारेर भागिहाल्यो । हामी जसरी नि नियन्त्रणमा लिन्छौं ।’
उनले आफ्नै घरमा तोडफोड गरेको र अरु कसैको उजुरी नपरेको जनाउँदै कुनै पनि अपराधिक व्यक्ति भागेको भगाएको जसरी समाचारहरु आइरहेकोमा आपत्ति जनाए । हत्कडी सहित भागेका कारण पक्राउ गरेरै छाड्ने डिएसपी कार्कीको भनाई छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो