पोखरा । पोखरामा यही जेठ १८ गते हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्ट्स् अवार्ड २०७४ मा मनोनयनमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।
पोखरा स्पोर्ट्स् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारिरीक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) मनोनयनमा परेका छन् । अवार्ड समारोहमा सर्वोत्कृष्ट छनोट गरी टिभिएस अपाचे मोटरसाइकल, दोसल्ला सहित ट्रफी प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ बिमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोनयमा परेका छन् । अवार्ड जित्नेले टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाका साथ पुरस्कृत हुने मञ्च कास्कीले जनाएको छ ।
[bs-quote quote=”सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुष, सर्वोत्कृष्ट वर्ष खेलाडी महिला, उत्कृष्ट उदीयमान वर्ष खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, खेल पर्यटन पत्रकारिता पुरस्कार विधामा पुरस्कृत गरिनेछ ।” style=”style-7″ align=”right”][/bs-quote]
उत्कृष्ट उदीयमान वर्ष खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कबड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनयनमा परेका छन् । यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । यी दुइ विधामा अवार्ड प्राप्त गर्नेलाई नगद १५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।
साथै, चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक-एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । मञ्चले यस वर्ष उत्कृष्ट खेल संघ बिधामा कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको बिधा पनि थपेको छ । कास्कीमा रही कम्तिमा ५ वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका एक जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोषल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्धेश्यले यस वर्षदेखी यो विधा थपेको मञ्चले जनाएको छ । सो अवसरमा खेलसम्बन्धी गीत गाएर योगदान दिएको भन्दै गायक बिनोद बानियाँलाईसमेत सम्मान गरिने मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले जनाए ।
लाइफटाइम अचिभमेन्ट अवार्ड गुरुङलाई
खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ ।

प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो । उनी पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व प्रमुख हुन् । पोखरामा हक्की खेल भित्राउने श्रेय उनलाई नै जान्छ । लनटेनिससँगै अहिले लोकप्रिय बनेको क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान छ ।
भूतपुर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष समेत रहेका गुरुङ २०६१ सालमा पोखरा रंगशाला पर्खाल निर्माण समितिको संयोजक पनि हुन् । क्यानका पूर्व उपाध्यक्ष, कास्की क्रिकेटका पूर्व अध्यक्ष, क्रिकेट मैदान निर्माण संयोजक समेत भएर गुरुङले योगदान गरेका छन् । उनलाई पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दिननाथ बरालले जानकारी दिए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पत्रकारले आयोजना गरेको यो अवार्ड पत्रकार र खेलाडीको मात्र नभई सम्पूर्ण पोखरेलीको प्रतिष्ठाको विषय भएको बताए ।

सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने