अश्विन दानी, गोरखा । छोराले वृद्धा आमालाई करणी गरेको विर्सनलायक घटना सेलाउन नपाउँदै फेरि गोरखामा वृद्ध बाबुले आफ्नी छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।
गोरखा नगरपालिका १३ का ६५ वर्षीय बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा आइतबार मुद्दा दर्ता भएको छ । उक्त वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
वृद्धविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत गोरखाबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । अनुसन्धानका क्रममा आरोपी बाबुले जबर्जस्ती करणी गरेको स्वीकारेको उनले बताईन् ।
‘बाबुले शारीरिक सम्बन्ध भएको स्वीकारेको छ’, नरालले भनिन् ‘घर लामो टहरो रहेछ । पीडित किशोरी पनि सामान्य सुस्त रहिछन्। घरमा आमा र बाबुबाहेक अरू सबै जना सुस्त मनस्थितिका रहेछन्। सबै सँगै सुत्दारहेछन्।’
प्रहरी निरीक्षक नरालले यिनलाई पटक पटक करणी गर्ने गरेको बताइन्। ‘उनकी श्रीमतीले यसो नगर भन्दा पिट्ने गरेको रहेछ । अस्ति गाउँलेले हाम्रो मझुवा प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भनिन्।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो