साउदी जेलमा रहेका गोरखाका कुमारको उद्धार गर्न डा. भट्टराईले १ लाख दिने

साउदी जेलमा रहेका गोरखाका कुमारको उद्धार गर्न डा. भट्टराईले १ लाख दिने

kumar rana

अश्विन दानी, गोरखा । पूर्व प्रधानमन्त्री, नयाँशक्ति नेपालका संयोजक एवं गोरखा २ बाट निर्बाचित सांसद बाबुराम भट्टराईले गत आठ महिनादेखि साउदी अरबमा जेलजीवन बिताइरहेका गोरखाका कुमार रानाको उद्धार गर्न एकलाख रुपियाँ दिने घोषणा गरेका छन् ।

८० लाख रुपियाँ जरिबाना तिर्न नसकेर गत असोजदेखि साउदी जेलमा रहेका भीमसेनथापा गाउँपालिका ७ का रानालाई जेलमुक्त गरी नेपाल ल्याउन भट्टराईले सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । रानालाई उद्धार गर्ने उद्देश्यले रकम संकलन गर्न गठन भएको समितिले भट्टराईलाई भेटेर सहयोग गर्न अनुरोध गरेपछि भट्टराईले फेसबुकमार्फत सहयोगको घोषणा गरेका हुन् ।

भट्टराईले आफ्नो फेसबुकमा वालमा सरकारले कुनै सहयोग नगरेपछि नागरिककै पहलमा सहयोग आह्वान गरिएकोले सहयोग गर्न सबैमा आग्रह पनि गरेका छन् । ‘आफ्नो देशको गरीब नागरिक विपदमा पर्दा पाषाणहृदयी सरकारले कुनै सहयोग नगरेपछि नागरिकस्तरबाट यो पहल गरिएको छ ! बृद्ध बाबुआमा, नावालक सन्तान र सामान्य गृहिणी श्रीमती भएका गरीब कुमार रानालाई सहयोग गर्नु हामी सबैको कर्तव्य हुन्छ’ उनले फेसबुकमा लेखेका छन् ‘अतः देशविदेशमा बस्ने सबै नेपाली दाज्यूभाइ दिदीबहिनीहरूले उदार मनले ब्लडमनी संकलन अभियानले सार्वजनिक गरेको बैंक खाता (प्रभु बैंक, कलंकी शाखा, काठमाण्डौ, खाता नं. (०३९०१००१००६५६९०००००१) वा अन्य वैकल्पिक विधिमा सहयोग पठाउनुहुन हार्दिक अपिल गर्दछु । आफ्नो तर्फबाट रू एक लाख सहयोग गर्ने प्रतिबद्धता पनि गर्दछु ।’

रोजगारीको लागि छ बर्षअघि साउदी गएका रानाले चलाएको कम्पनीको गाडीले साउदी नागरिक घाइते भएका थिए । घाइतेले दिएको मुद्धाको फैसला गर्दै साउदी अदालतले ८० लाख रुपियाँ जरिबाना तोकेको थियो । जरिबाना तिर्न नसक्दा राना जेल जीवन बिताइरहेका छन् ।

सम्बन्धित समाचार

गोरखा बोर्लाङका कुमार आठ महिनादेखि साउदी जेलमा

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds