पोखरामा पनि दुई ठाउँमा बम भेटियो, नजिकै प्रदेश स्तरीय सुरक्षा गोष्ठी

पोखरामा पनि दुई ठाउँमा बम भेटियो, नजिकै प्रदेश स्तरीय सुरक्षा गोष्ठी

Bomb

पोखरा । नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दमा गरेको बम आक्रमण र आगजनीले जनजीवन प्रभावित भएको छ। ठाउँठाउँमा बम आक्रमण र आगजनी गरेपछि स्थानियहरुमा त्रसित भएका छन्।  पोखराको दुई ठाउँमा बम फेला परेको छ ।

आइतवार विहान पोखरा लेखनाथ महानगरपालिका २९ सैनिक वस्तीमा समेत नेकपाका कार्यकर्ताहरुले बम राखेका छन्। नेपाली सेनाको डिस्पोजल टोलले बम राखेको खबर पाए लगत्तै डिस्पोज गरेको छ ।

लेखनाथ महानगरपालिका १७ बिरौटा स्थित पोखरा विमानस्थल अगाडि पनि बम फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

पोखरामा प्रदेशस्तरको सुरक्षा समितिको छलफल चलिरहको छ । नजिकै होटल अतिथिमा गृहमन्त्री रामबहादुर थापा बादल, प्रदेश आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, आइजिपी सर्वेन्द्र खनालको उपस्थितिमा प्रदेशका ११ जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका प्रमुखहरु सहभागितामा सुरक्षा गोष्ठी जारी छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा देखाएको ‘आत्मसमर्पण तथा रास्ट्रघाती सम्झौता ‘ गरेको भन्दै नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द आह्वान गरेको थियो। बन्दमा भएका हिंसात्मक घटनाका कारण जनजीवन प्रभावित बनेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ