आईपीएलको डेब्यूमै सन्दिप लामिछानेले लिए विकेट

आईपीएलको डेब्यूमै सन्दिप लामिछानेले लिए विकेट

sandip

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत नेपालका सन्दिप लामिछानेले डेब्यू खेलमा विकेट लिएका छन् । दिल्लीले दिएको १८२ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्सजर्सविरुद्ध सन्दीपले पहिलो विकेट लिएका हुन् ।

सुरुमै बलिङमा आएका सन्दिपले आफ्नो दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन्। १० खेलपछि सन्दीपलाई मैदानमा उतारेको दिल्लीले उनलाई बैंगलोरको जवाफी इनिङको पहिलो ओभरमै बलिङको अवसर दिएको थियो। उक्त ओभरमा सन्दीपले २ रन मात्र दिएको थिए। एउटा चौका लेग वाइ भएको थियो।

यस्तै आफ्नो दोस्रो ओभरको चौथो बलमा बैंलोरका ओपनर पार्थिव पटेललाई ६ रनमा आउट बनाए। सन्दीपछि बलिङ गरेका ट्रेन्ट बोल्टले आरसीबीका मोइन अलीलार्इ पहिलो बलमै पेभेलियन पठाएका थिए।

फिरोज शाह कोटला मैदान भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले रिसभ पन्तको ६१ रनको मद्धतमा मध्यम योगफल बनाउन सफल भएको थियो । सन्दिपले चार ओभर बलिङ गर्दा २५ रन खर्चेर १ विकेट लिन सफल भए ।

सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ट्रेन्डिङ