नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दिप लामिछानेले आज इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा डेब्यु गरेका छन्। जारी सिजनमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले लिगमा आफ्नो तीन खेल बाँकी रहँदा डेब्यू गराएको हो।
रोयस च्यालेञ्जर्स बेंग्लोरविरुद्ध घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर व्याटिङ्गको निम्तो पाएको दिल्लीले सन्दिपलाई मैदानमा उतारेकाे हाे। भारतको घरेलु क्रिकेट लिगमा छनोट भएपछि सबैको आकर्षणका केन्द्र बनेका सन्दिप लामिछानेले देल्लीबाट लगातार प्लेइङ ११ मा परेका अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलको स्थानमा खेलेका छन् ।
दिल्लीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा ११ खेलाडीको नाम उल्लेख गर्दा सन्दिपको नाम ७ औं नम्बरमा राखेपछि नै नेपालमा उनका समर्थकले खुशीयाली मनाउन सुरु गरे ।
दुई दिने नेपाल भ्रमणका दौरान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकै दिन उनले खेल्ने मौका पाएका छन्। नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन समारोहमा नेपाल आइपीएलसँग जोडिएको र पहिलोपटक नेपाली नौजवान सन्दिप लामिछाने खेलिरहेको भन्दै नेपाल–भारत सम्बन्धको उदाहरण दिएका थिए।
११ खेलमध्ये ८ खेलमा पराजित भएको दिल्लीको प्लेअफमा पुग्ने सम्भावना भने गणीतिय रुपमा मात्र सम्भव छ। यस सिजनमा दिल्ली प्लेअफमा पर्न संघर्षरत: छ। उसको गणितिय हिसाबले प्लेअफमा पर्ने सम्भावन अझै जिवितै छ। यसका लागि उसले आगामी खेलहरूमा फराकिलो जित हासिल हात पार्नुपर्ने छ।
आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन्। सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्लीमा आवद्ध भएका थिए।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने