४५ डिएसपी सरुवा, कास्कीका प्रवक्ता खत्री मनाङमा (को कहाँ सरुवा भए ?)

४५ डिएसपी सरुवा, कास्कीका प्रवक्ता खत्री मनाङमा (को कहाँ सरुवा भए ?)

Khadka Khatri

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) खड्कबहादुर खत्रीको सरुवा भएको छ । खत्रीले कार्यालयको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रहरी प्रधान कार्यालय, काठमाण्डौले वैशाख २८ प्रकाशित गरेको सूचनामा ४५ जना डिएसपी सरुवाको सूची छ । सरुवा सूची अनुसार खत्रीले अब जिल्ला प्रहरी कार्यालय मनाङको जिम्मेवारी सम्हाल्नेछन् । कास्कीमा आउने डिएसपीको भने टुंगो छैन । मनाङ प्रहरीमा डिएसपी वीरबहादुर पुलामी थिए ।

कास्कीमा २०७३ पुसमा काजमा आएका डिएसपी खत्रीको गत २०७४ साउनमा कास्की दरबन्दी कायम भएको थियो । एसपी जस्तै डिएसपीको पनि छोटो समयमै सरुवा गरियो । प्रवक्ताको जिम्मेवारी राम्ररी सम्हालेका खत्रीको मिडियामैत्री व्यवहार छ । सञ्चारमाध्यममा घटना दुर्घटनाका बारेमा जानकारी दिन कुनै कञ्जुस्याईं गर्दैनथे ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, मुस्ताङमा महेन्द्र खड्का आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ