पोखरा । बाथरूममा लडेर गम्भीर घाइते भएका प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।
टाउकोमा रगत जमेपछि मणिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो।
उनलाई काठमाडौस्थित न्यूरो हस्पिटलमा उपचार हुने सुरक्षा निकायले जानकारी दिएको छ। शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी दिउँसो साढे ४ बजेतिर बाथरुममा नै लडेका थिए। उनका सहयोगीले तत्कालै उपचारको लागि फेवासिटी हस्पिटल पुर्याएका थिए। फेवासिटीमा सिटि स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएको थियो।
त्यसपछि सभामुख अधिकारीलाई इन्जियोग्राफी गर्न मेट्रोसिटी हस्पिटल लगिएको थियो । शुक्रबारै काठमाडौस्थित न्युरो हस्पिटल लैजाने तयारी भए पनि हेलिकप्टर नआए पछि मणिपाल अस्पतालको आसियुमा राखिएको उनका सहयोगीले बताए।
सभामुखको स्वास्थ्य स्थितिको जानकारी लिन तथा स्वास्थ्य लाभको कामना दिन प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखहरूले अस्पताल पुगेका थिए।
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो