पोखरा । पोखरामा आयोजना गरिने निःशुल्क शिविरमा युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) को प्राविधिक सहयोग रहने गरेको छ । अहिलेसम्म हजारौं जनाको निःशुल्क जाँच गरिसकिएको छ ।
शुभम बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–८, न्युरोडले शनिबार कार्यालय परिसरमा निःशुल्क शिविर आयोजना ग¥यो । शिविरमा प्राविधिक सहयोग युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले गरेको थियो । सरकारीले आफ्नो ६ औं वार्षिकोत्सवको अवसरमा गरेको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी)सम्बन्धी रक्त परीक्षण तथा सचेतना कार्यक्रममा २ सय ५ जनाको रक्त परीक्षण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. विश्व बरालले मधुमेह र रगतमा हुने खराब बोसोबाट पर्न सक्ने असर, यी रोग लाग्नुअगावै अपनाउनुपर्ने सावधानी र रोग लागिसकेपछि गर्नुपर्ने उपचार पद्धतिबारे प्रकाश पारे ।
उनले अधिकांश रोग लापरवाहीपूर्ण जीवनशैली, खानपान र अस्वस्थकर बानीकाका कारण लाग्ने भएकाले आफ्नो स्वास्थ्यबारे सजग भए धेरै हदसम्म रोगको चपेटाबाट मुक्ति मिल्ने बताए । उनले समय समयमा नियमित स्वास्थ्य परीक्षण, स्क्रिनिङ टेस्ट र केही समस्या देखिए चिकित्सककहाँ जान आग्रह गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्थापनादेखि नै आर्थिक लाभ भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखिएको बताए । उनले आगामी आर्थिक वर्षमा विभिन्न संघ, संस्थासँगको सहकार्यमा थाइराइड परीक्षण निशुल्क गरिने जानकारी दिए ।
शुभम् सहकारीका प्रवन्धक ढाकाराम बरालले सहकारीले सेयर सदस्यहरुको हितमा विभिन्न क्रियाकलाप गरिरहेको बताए । २३ सय सेयर सदस्य रहेको सहकारीमा ४ करोड सेयर पुँजी छ ।
सहकारीका उपाध्यक्ष आशीष सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका लेखा समिति सदस्य तोयानाथ आचार्य, सल्लाहकार दिनवन्धु पौडेल, सेयर सदस्य कमल पौडेलले पनि बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव सूर्यप्रसाद पौडेलले गरेका थिए ।

सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो