अश्विन दानी, गोरखा । बैदेशिक रोजगारमा गएका भिमसेन गाउँपालिका—७ बोर्लाङ, सातबिसेका कुमार राना आठ महिनादेखि साउदीको जेलमा छन् ।
रोजगारीका लागि साउदी गएका राना कम्पनीको गाडी चलाउँदा आठ महिना अघि दुर्घटनामा परेका थिए । सोही दुर्घटनामा साउदीका एक नागरिक घाइते भएपछि रानासँग ८० लाख नेपाली रुपैँया क्षतीपूर्ति दाबी गर्दै मुद्दा हालेपछि उनी जेल चलान भएका हुन् ।
साउदी अदालतले जरिवाना गरेको ८० लाख रुपैँया आफूहरुले मात्रै तिर्न नसक्ने भन्दै कुटनीतिक पहलबाट रिहा गरिदिन उनकी धर्मपत्नी अम्बिका रानाले अनुरोध गरेकी छिन् । ‘घरमा बुढा बा, आमा, म र तीन छोराछोरी मा छौँ’ रानाको धर्मपत्नी अम्बिकाले रुँदै भनिन् ‘घरको झिटिले खान नपुग्ने भएकाले उहाँ बिदेश जानु भएको हो । त्यति धेरै जरिवाना तिर्न हामी एक्लैले सक्दैनौँ । सबैले उहाँलाई नेपाल फर्काउन सक्दो सहयोग गर्दिनुस् ।’
मेहनेत गरेर केही कमाउँछु भनेर बिदेश गएका श्रीमान् जेलमा रहँदा पनि पैसाको अभावले केही गर्न नसकेको भन्दै अम्बिकाले दुःख पोखिन् । रानालाई नेपाल ल्याउन उनको परिवार मात्रै पैसा जुटाउन नसक्ने भएपछि अहिले उनकी श्रीमतीसँगै गाउँका युवाहरू एकजुट भएर रकम संकलन गर्न लागिपरेका छन् ।

उनीहरुले कुमारलाई नेपाल ल्याउनकै लागि ब्लड मनी संकलन अभियान समेत सञ्चालन गरेका थिए । अम्बिका भन्छिन् ‘देश, विदेशमा बस्ने सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूले उदार मनले बैंक खातामा सहयोग पठाउनु हुन पनि अपिल गर्दछु ।’
रानालाई सहयोग गर्न चाहनेले प्रभु बैंकको खाता नं.०३९०१००१००६५६९०००००१ मा रकम जम्मा गराउन सकिने छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते