संसदीय पत्रकार मञ्च प्रदेश ४ गठन, अध्यक्षमा शर्मा

संसदीय पत्रकार मञ्च प्रदेश ४ गठन, अध्यक्षमा शर्मा

Samsadiye patrakar

पोखरा । प्रदेशको संसदीय रिपोर्टिङ गर्ने यहाँका पत्रकारहरु संगठित भएका छन् । कान्तिपुर दैनिकका लालप्रसाद शर्माको अध्यक्षतामा संसदीय पत्रकार मञ्च, प्रदेश नम्बर चार गठन भएको छ ।

प्रदेश सभाको रिपोर्टिङ गर्ने पत्रकारहरुको आज भएको भेलाले शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा दी हिमालयन टाइम्सका भरत कोइराला, सचिबमा नागरिकका बिशन क्षेत्री, कोषाध्यक्षमा नयाँ पत्रिकाका रोहितराज पराजुली, सह-सचिवमा समाधान दैनिक र अनलाइनखबरका अमृत सुबेदी चयन भएका छन् ।

सदस्यमा गण्डकी टेलिभिजनका उमा आले, इमेज टिभिका प्रदीप पौडेल, सबैको आवाजका तारा चापागाईं, एपि वान टिभिका सागरराज तिमिल्सिना, आदर्श समाजका प्रकाश ढकाल र फोटो पत्रकार युनिश गुरुङ चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ