झापाबाट आएका फुयाँल १० दिनदेखि पोखरामै बेपत्ता

झापाबाट आएका फुयाँल १० दिनदेखि पोखरामै बेपत्ता

teknath

पोखरा । झापाबाट आएका एक युवक पोखरामै गायब भएका छन् ।

झापा धरमपुर ८ घर भएका टेकनाथ फुयाँल यही वैशाख १५ गतेदेखि पोखरा लेकसाइडबाट वेपत्ता भएको उनका दाइ भुपेन्द्र प्रसाद फुयाँलले बताएका छन् । फुयाँल सुस्त मनिस्थितिका छन् ।

उनले जिल्ला प्रहरी कार्यालयमा समेत खोजीका लागि निवेदन दिएका छन् । कालो वर्णको मझौला शरीर भएका, हातको कुममा सर्प र के लेखिएको टाटु भएको हुलिया छ । एक हप्तासम्म नभेटिएपछि वैशाख २३ गते प्रहरीकहाँ जानकारी गराएका थिए ।

देख्ने वा भेट्ने महानुभावले नजिकैको प्रहरी कार्यालय वा गण्डक न्युजमा जानकारी गराउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ