सुन्दर कुमार थकाली, मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको समयमा मनाङ हुँदै मुस्ताङ आउने र मुस्ताङ हुँदै मनाङ जाने अन्नपूर्ण पदयात्रीलाई आवत जावत सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ ।
जिल्ला सुरक्षा समितिको मंगलवार बसेको आकस्मिक बैठकले भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको कार्यक्रमलाई सुरक्षित र भरपर्दो बनाउने एवंम् तीर्थयात्री र पर्यटकहरुको पदयात्रालाई नियमित गराउन वैकल्पिक व्यवस्था गरेको हो । सुरक्षा समितिले गृह मन्त्रालयको चलानी नं. १३२९ को प्राप्त पत्रअनुसार यसप्रकारको निर्णय गरेको जनाएको छ ।
सुरक्षा समितिको निर्णय अनुसार मोदी भ्रमणको समयमा पदयात्रीले मनाङ हुँदै मुस्ताङ र मुस्ताङ हुँदै मनाङ आवत जावत गर्न मुक्तिनाथ क्षेत्र बाहिरको वैकल्पिक बाटो छेङ्गुर, झोङ र पुडाकको बाटो प्रयोग गर्नुपर्ने जनाएको छ ।
यस्तै, जिल्ला सुरक्षा समितिले आसन्न मोदीको मुक्तिनाथ भ्रमणको समयलाई सुरक्षित र भरपर्दो बनाउन आम सर्वसाधारण तिर्थालुलाई २० घण्टा मुक्तिक्षेत्रमा प्रबेश गर्न रोक लगाउने निर्णय गरेको छ । जसअनुसार मुक्तिनाथ आउने तिर्थालुले बैशाख २८ गते साँझ ४ बजेदेखि बैशाख २९ गते मध्यान्ह १२ बजे सम्म मुक्तिक्षेत्र प्रबेश गर्न नपाउने शाखा अधिकृत जितेन्द्र बलामीले जानकारी दिए ।
प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी तथा भारतीय संञ्चारकर्मी मुस्ताङ आउने कार्यक्रम रहेको छ । जसअनुसार मुक्तिनाथ आउने टोलीले मोदीको मुक्तिनाथ भ्रमण अवधिभर सोही स्थानमा बसेर सुरक्षा प्रदान गर्ने बताईएको छ भने सुरक्षाकर्मीसंगै आएका भारतीय सञ्चारकर्मीले मुक्तिनाथबाटै मोदी भ्रमणको रिपोटिङ तथा प्रत्यक्ष प्रशारण गर्ने जनाईएको छ ।
त्यस्तै हिमाली जिल्ला भएकाले मौसमका कारण हेलिकप्टर उडान गर्न कठिनाई आउने समस्यालाई दृष्टिगत गर्दे मोदी भ्रमणको वैकल्पिक व्यवस्था गरिएको छ । मोदीको थप सुरक्षाका लागि पोखराबाट करिव २० वटा भन्दा बढी सुरक्षा निकायका गाडीहरु मुस्ताङ आउने क्रममा रहेको बताइएको छ । जसमा ५ वटा गाडीहरु जोमसोममै रहने र बाँकी गाडीहरु मुक्तिनाथक्षेत्रमा जाने तैयारी छ । मोदीको सुरक्षाका लागि धावनमार्ग हुँदै स्कटिङ गरेर गन्तव्यमा पु¥याउने प्रबन्ध समेत मिलाईएको छ ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो