पर्वत । पोखरा–बागलुङ सडक दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ । फराकिलो र सुधार गर्नका लागि कास्की अन्नपूर्ण गाउँपालिकामा पर्ने गिरिचोकदेखि नयाँपुल बजार खण्डमा शनिबारदेखि दैनिक छ घण्टा सडक बन्द गर्न थालिएको हो ।
एपेक्स कन्स्ट्रक्सन कम्पनी प्रालिले घट्टेखोलादेखि नयाँपुल खण्डमा काम गरिरहेको छ । बिहान ७ देखि ८ः३० बजेसम्म डेढ घण्टा तथा बिहान ९ः३० देखि १०ः३० सम्म एक घण्टा बन्द गर्न थालिएको छ । अपराह्न १२ः३० देखि २ बजेसम्म र ३ देखि ५ बजेसम्म सडक बन्द गरिएको छ । विनासूचना शनिबारदेखि सडक बन्द गरिएका कारण सवारी साधन र यात्रु भने मर्कामा परेका छन् ।
दिनमा चार पटक गरी छ घण्टा बन्द गरिए पनि यात्रुको चाप र काम हेरेर बीचमा छाड्ने गरेको कम्पनीका साइट इन्चार्ज काशीराज बोहोराले बताए । गिरिचोकबाट झोबाङ हुँदै नयाँपुल झर्ने वैकल्पिक सडकमा पनि सवारी साधन चलेकाले ठूलो मर्का नपर्ने र साना सवारी साधनलाई बीचबीचमा छाड्ने व्यवस्था मिलाइएको छ ।
मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङखण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो राजमार्गलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार कार्यक्रम बनाएर काम भइरहेको छ ।
विसं २०५० मा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो । साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो । सो सडक विस्तार र स्तरोन्नति गर्न करीब रु तीन अर्ब ३२ करोड लागत पर्नेछ ।
सम्बन्धित खबर
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
नेपाल भूतपूर्व खेलाडी मञ्चले रजत वर्ष मनाउँदै, ‘राष्ट्रिय खेलकुद पुरस्कार’ सहित विविध कार्यक्रम घोषणा
‘हेम्जाको शान, आलुको पहिचान’
सहारालाई राज्यले सहयोग गर्नुपर्छ: उपाध्यक्ष आचार्य
गण्डकी प्रदेशमा मनाइयो नवौं स्वास्थ्य बीमा दिवस
संगीतमय बन्यो आलु महोत्सव
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर