काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक ठूलोे संख्यामा प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । आइतबार नेपाल प्रहरीका ७९ एसपी सरुवा भएका हुन् । केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरेको थियो ।
सूचीअनुसार कास्कीका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरुवा गरिएको छ। उनी गत साउन १७ गते मात्रै महानगरीय प्रहरी परिसर ललितपुरबाट कास्की आएका थिए । ‘सिंघम स्टायल एसपी सिंह’ भनेर चिनिने एसपी सिंहको कास्कीमा कार्यकाल विवादमुक्त रह्यो । मिडिया मैत्री स्वभावका सिंहले आलोचना खेप्नुपरेन भने कास्कीमा सक्दो राम्रा कामहरु नै गरेको यहाँको नागरिकको बुझाई छ ।
कास्कीमा ओम राना आउने भएका छन् । उनी महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा थिए ।तनहुमा उमेशराज जोशीको स्थानमा सिद्दीबिक्रम शाह, बाग्लुंगमा चन्द्र कुवेर खापुंगको स्थानमा राजेन्द्रप्रसाद भट्ट, गोरखाका प्रकाश अधिकारीको स्थानमा लोकेन्द्र श्रेष्ठ, चितवनमा सुशील राठौर सरुवा भएका छन् ।

भक्तपुरमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का र बारामा मिरा चौधरीको सरुवा भएको छ। कैलालीका एसपी अर्जुन चन्द ठकुरी केन्द्रीय कार्यालयमा सरुवा भएका छन्। अख्तियारका एसपी उमाप्रसाद चतुरदेवीलाई सुर्खेत पठाइएको छ। लामो समयदेखि सरुवा रोकिएको थियो।
तस्विरः जक्सन डटकम
हेर्नुस् सूची
सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो