पाेखरा, १८ बैशाख । पोखरास्थित फेवाताल अतिक्रमण गरी संरचना बनाउने व्यक्तिहरूको सूची सार्वजनिक भएको छ ।
सर्वाेच्च अदालतले अाइतबार अतिक्रमण गरी बनाइएका संरचना हटाउन सरकारका नाममा आदेश जारी गरेको थियो । ‘फेवातालको जग्गा अतिक्रमण भएको छानबिन गर्न गठिन समिति’ ले बुझाएको प्रतिवेदनमा होटल व्यवसायीद्वय कर्ण शाक्य र पियुषबहादुर अमात्य, चिकित्सक जगदीशलाल वैद्यलगायत नौ सयभन्दा बढी व्यक्तिको नाममा फेवातालको जग्गा रहेको उल्लेख छ ।
२०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन अनुसार ९ सय बढी संस्था, प्रतिस्ठान एवं व्यक्तिका घर फेवाताल क्षेत्रमा पर्छन ।
प्रतिवेदनमा होटल व्यवसायीद्वय कर्ण शाक्य र पियुषबहादुर अमात्य, चिकित्सक जगदीशलाल वैद्यलगायत ९ सयभन्दा बढी व्यक्तिको नाममा फेवातालको जग्गा रहेको उल्लेख छ।
लेकसाइडमा २४ फिटभन्दा अग्ला घर बनाउन नपाउने मापदण्ड भए पनि त्यसविपरीत गगनचुम्वी घर दिनानुदिन बढिरहेका छन्। ५ सयभन्दा बढी घर मापदण्डविपरीत बनेको अनुमान छ।
बहुचर्चित मुद्दामा न्यायाधीशहरू ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले आइतबार रिट परेको ८ वर्षपछि अन्तिम आदेश जारी गरेको थियो ।
पर्यटकीयस्थल फेवाताल अतिक्रण्म गरेर ठूला–ठूला होटेलदेखि आवासीय प्रयोजनका भवन बनाइएको र त्यो कानुन विपरीत भएको भन्दै २३ असार २०६८ मा अधिवक्ता खगेन्द्र सुवेदीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
लामिछाने नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन अनुसार पछिल्लो ४६ वर्षमा फेवाताल क्षेत्रमा ५ दशमलव ८० वर्गकिलोमिटर क्षेत्रफल जमिन अतिक्रमणको चपेटामा परेको छ । २०१८ सालमा फेवाताल १० वर्गकिलोमिटरमा फैलिएको थियो । तर २०६४ सालमा केन्द्रीय नापी विभागले गरेको सर्भे अनुसार फेवाताल क्षेत्र ४.२० वर्गकिलोमिटरमा खुम्चिएको देखिएको थियो ।
अतिक्रमण गर्नेहरुको पूर्ण सूचि :










सम्बन्धित खबर
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो