बाग्लुङ, १५ बैशाख । बाग्लुङको बरेङ गाउँपालिकामा आमा– छोरा हत्या आरोपमा पक्राउ परेका छन्। स्थानीय खाल्डे बस्ने ३० वर्षीय यमबहादुर सार्कीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।
सोही ठाउँ बस्न ४० वर्षीया सुमित्रा सार्की र उनकै छोरा १९ वर्षीय अर्जुन सार्कीलाई प्रहरीले पक्राउ गरेको हो। आमा– छोराबीच बिहीबार घरायसी बिषयलाई लिएर झगडा भएको थियो। झगडा मिलाउन गएका यमबहादुरलाई नै आमा–छोरा मिलेर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारको क्रममा घाइते भएका थिए।
यमबहादुरले मदिरा पिएर झगडा मिलाउने नाममा जथाभावी बोलेपछि आफुहरुले कुटपिट गरेको उनीहरुले बताएका छन्। पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। जसमा उनीहरुलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ।
This will close in 3 seconds
सम्बन्धित खबर
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
गण्डकीका अधिकांश मन्त्री धनाढ्य, कोसँग कति छ सम्पत्ति ?
‘तिहारको उज्यालो प्रकाशले सत्य र न्यायको मार्गमा पथ प्रदर्शन गर्न सकोस्’
तनहुँको सयपत्री फूल कतार निर्यात
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा