गण्डक न्युज पोखरा, १३ वैशाख । तनहुँको शुक्लागण्डकी ४ र ८ को सिमानामा पर्ने सेती खोँचबाट निकालिएको शव पोखराबाट एक हप्ता अघिदेखि सम्पर्कविहीन भएकी महिलाको भएको पुष्टि भएको छ ।
पोखरा १५ भेडीफारामकी बालकुमारी गिरी (सीता) गत वैशाख ६ गते विहीबार दिउँसोदेखि परिवारबाट सम्पर्कविहीन भएकी थिईन् । घर नजिकै गलेश्वरचोकबाट महेन्द्रपुल जाने भन्दै गाडी चढेकी उनी फर्केर आईनन् । त्यसपछि परिवार खोजीमा जुटेको थियो ।
शव निकालेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएकोमा परिवारले उनकै शव भएको पुष्टि गरेको इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले गण्डकन्यूजलाई जानकारी दिए । अनुहार चिन्न नसक्ने अवस्थामा भएपनि परिवारले पहिचान गरेको उनले बताए ।

४८ वर्षीया गिरी अध्यात्मिक स्वभावको रहेको र परिवारमा कुनै मनमुटाव नरहकाले ज्यान फाल्ने जस्तो नराम्रो गरेकी छैनन् भन्ने परिवारको ठम्याई थियो । तर पनि सेती खोँचहरुमा प्रहरीको रेस्क्यु टीम सहित खोजी कार्यमा जुटेका थिए । गिरीले घरमा पत्र समेत छाडेर आफूलाई नखोज्न र आफ्नो चिन्ता नलिन आग्रह गरेको पारिवारीक श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीले बुधबार रक गार्डेन क्षेत्रमा तैरिएको शव तीन घण्टाको प्रयासमा निकालेको हो । रक गार्डेन नजिकै बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेपछि क्षेत्रीय विपद व्यवस्थापन कार्यदल कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरिक्षक विपिन देसारको नेतृत्वको ९ सदस्यीय टोलीले शव निकालेको हो ।
सेती किनारमा अग्लो भिर भएकाले ‘¥याप्लीङ एण्ड क्लाइबीङ’ को सामाग्री प्रयोग गरी शव झिकिएको उनले बताए ।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो