पोखरा, १२ वैशाख / पोखरा जेसिजले विविध कार्यक्रमका साथ जेसीज वीकइण्ड २०१८ मनाउने भएको छ । ‘फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौं’ भन्ने नाराका साथ पोखरा जेसीजले तीन दिने कार्यक्रम गर्न लागेको हो ।जेसीजले वार्षिक कार्यक्रम अनुसार विविध सामाजिक कार्य गर्दै वीकईण्ड मनाउँदै आएको छ।
वीकइण्ड अन्तर्गत वैशाख १४ गते पोखरा लेखनाथ महानगरपालिकाको सभाहलमा संसदीय सभा प्रणाली तालिम कार्यक्रम आयोजना गरिएको पोखरा जेसीजका अध्यक्ष शिव सुवेदीले जनाए । उनका अनुसार वैशाख १५ गते जनजागृति आधारभूत विद्यालय पोखरा २१, निर्मलपोखरीमा निशुल्क स्वास्थ्य शिविर तथा दन्त परिक्षण, वैशाख १६ गते पोखरा उद्योग वाणिज्य संघमा उत्कृष्ट शैक्षिक जीवन सम्बन्धी परामर्श तथा उत्प्रेरणा तालिम प्रदान गरिने बताए ।
पोखरा जेसीजले स्थापनाकाल देखि नै युवाहरु लक्षित व्यक्तित्व विकास कार्यमा सकृय भूमिका निर्वाह गर्दै आईरहेकोले सामाजिक विकास कार्यक्रम स्वरुप आयोजना गरिएको पोखरा जेसीज वर्ष ०१८ का महासचिव गणेश गिरीले जानकारी दिए ।
कार्यक्रममा नेपाल जेसिज, पोखरा लेखनाथ महानगरपालिका, पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर, डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टर, पोखरा उद्योग वाणिज्य संघ, हिसान नेपाल संस्थाहरुले सहकार्य गर्ने छन् ।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो