पोखरा, १० वैशाख / कास्कीमा आर्थिक वर्ष २०७४/७५ को ९ महिनामा सवारी दुर्घटनाबाट ४३ जनाको ज्यान गएको छ ।दुर्घटनामा पछिल्लो समय ज्यान जानेको संख्या बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तथ्यांकमा देखिएको छ ।
श्रावण र भाद्रमा ४/४, असोज र कार्तिकमा २/२, मंसिरमा ३ , पौषमा ६ , माघमा ५ , फागुनमा ८ र चैत्रमा ९ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका हुन्।
९ महिनामा ७० वटा सवारी साधन दुर्घटनामा परेका थिए। यी दुर्घटनामा ६० जना गम्भिर घाईते भएका थिए। ट्राफिक कार्यालयका अनुसार चालकको लापरबाहीले ५२ र सडकको कारण ४, तिव्र गति १४ गरी ७० वटा सवारी साधन दुर्घटनामा परेका हुन् ।
गत आर्थिक वर्ष २०७३ /२०७४ मा कास्कीमा सवारी दुर्घटनाबाट ५८ जनाले ज्यान गुमाएका थिए भने गम्भिर घाइतेको सख्या ७३ र सामान्य घाइतेको संख्या ३१ रहेको थियो । सो अवधिमा ९९ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
सवारी साधनको चाप, मापसे, तिब्र गतिका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख ऐन बहादुर मल्लले जानकारी दिए । उनले सडक संजालको पूर्वाधार विकास, ट्राफिक सचेतनालाई जोड दिन सके दुर्घटना कम हुने र ट्राफिक नियम उल्लंघन गर्दा मानवीय तथा भौतिक क्षति बढ्दै गएको बताए ।
मल्लले ट्राफिक जनचेतना प्रशिक्षण कार्यक्रम मार्फत विभिन्न स्कुलहरुमा विद्यार्थि, व्यवसायी, चालक, परिचालक एवं सर्वसाधारणलाई प्रशिक्षण दिदै आएको बताए ।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो