गण्डक न्युज पोखरा, ९ वैशाख / पोखरा १४ को तल्लो सिमलबोटमा शनिबार ३ सय ६२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । गलेश्वर युवा क्लब र तल्लो सिमलबोट टोल विकास संस्थाले सो क्षेत्रमा रहेका अन्य संघ, संस्थाको सहकार्यमा शिविर आयोजना गरेका हुन् ।
पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको कार्यक्रममा मधुमेह तथा रगतमा हुने खराब बोसोसम्बन्धी रगत जाँच गरिएको हो । शिविरमा स्वस्थ्य जीवनशैली र उपचारका पद्धतिबारे डा. रामचन्द्र काफ्लेले प्रकाश पारे । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. काफ्लेले रोग लाग्नुपूर्व नै सतर्कता र सुरुमै उपचारमा ध्यान नदिँदा बिरामीले हैरानी व्यहोर्नु परिरहेको उल्लेख गरे ।
उनले जीवनशैलीमा आएको परिवर्तन, लापरवाहीपूर्ण खानपान र असावधानीले विभिन्न प्रकारका रोगहरु बढिरहेको बताए । उनले भने, रोगहरु लागिसकेपछि पनि धेरै रोग निको हुन्छन्, नहुने रोगहरुलाई पनि सन्तुलनमा राखेर दीर्घ जीवन बाच्न सकिन्छ ।

युआरएलका प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नेपाली समाजलाई सहज रुपमा स्वास्थ्य सेवा दिन शिविर र विभिन्न प्रकारका छुट उपलब्ध गराइएको बताए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यमा गरेको यो ४९ औं शिविर हो । यस्ता शिविरबाट हालसम्म करिब ३० हजारले सेवा लिएको उनले जानकारी दिए । उनले भने, युआरएल नाफामुखीमात्र छैन, सेवामुखी र सामाजिक उत्तरदायी पनि छ । सर्वसाधारण बढी पीडित हुने रोगका जटिल परीक्षणहरु समेत सर्वसाधारणलाई सुलभ तवरले दिने प्रयत्नमा हामी छौं ।
तल्लो सिमलबोट टोल विकास संस्थाका संस्थापक अध्यक्ष ललितबहादुर भण्डारीले समाजलाई स्वस्थ बनाउने दायित्व सबैको भएको बताए ।
तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गलेश्वर युवा क्लबका अध्यक्ष आशीष भण्डारी र सञ्चालन गलेश्वर युवा क्लबका सचिव नवराज गिरी र तल्लो सिमलबोट टोल विकास संस्थाका सचिव भरतबहादुर थापाले संयुक्त रुपमा गरेका थिए ।
सम्बन्धित खबर
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पिकअप भ्यान दुर्घटना, उपचारको क्रममा चालकको मृत्यु
स्याङ्जाका बाढी पहिरो पीडितलाई राहत प्रदान
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो