नौ महिनामा पोखरामा ६ अर्ब २९ करोड राजश्व संकलन

नौ महिनामा पोखरामा ६ अर्ब २९ करोड राजश्व संकलन

pokhara-tax-office

पोखरा, ८ वैशाख /आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ अर्ब २९ करोड रुपैया राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य ६ अर्ब पाँच करोड रहेकामा लक्ष्य भन्दा ४ प्रतिशत बढि राजश्व संकलन गरेको कार्यालयले जनाएको छ ।

पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका १ लाख २३ हजार ६ सय ६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने ७५ हजार ४ सय ४७ जना छन् भने व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४८ हजार २ सय २० जना रहेका छन् ।

त्यस्तै कार्यालयबाट मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएकाको संख्या ११ हजार २७४ तथा अन्तःशुल्क कर इजाजत लिएकाको संख्या ६ हजार ९ सय ६२ जना रहेका छन् ।

चालु आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर उत्साहजनक रुपमा वृद्धि भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष साउनदेखि चैतसम्मको अवधिमा लक्ष्यको ९४ प्रतिशत राजस्व संकलन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds