फेवातालको मापदण्डमा परेर रोक्का राखिएका घर जग्गा हटाउने, महानगर मुआब्जाको तयारीमा

फेवातालको मापदण्डमा परेर रोक्का राखिएका घर जग्गा हटाउने, महानगर मुआब्जाको तयारीमा

Fewataal

पोखरा, ८ वैशाख/ पोखरा लेखनाथ महानगरपालिका कार्यालयले फेवातालको मापदण्डमा परेर रोक्का राखिएका घर जग्गा हटाउने भएको छ ।

त्यसका लागि कार्यपालिका बैठकले मापदण्डमा परेका घर जग्गा हटाउन मुआब्जा दिन प्रदेश सरकार र केन्द्र सरकार सगँ मुआब्जा बापतको रकम माग गरेको छ । शुक्रबार बसेको बैठकले फेवाताल वरपर रहेका मापदण्ड विपरीका घर र जग्गा अधिग्रहण गर्न आवश्यक रकम माग गरेको हो ।

कार्यपालिका बैठकले पोखरा ७ राष्टबैकचोकमा रहेको पर्यटन बसपार्क आधुनिक बनाउन कार्ययोजना बनाएर अगाडि बढाउने, एक महिना भित्र महानगरको साङ्ठनिक सम्रचना तयार गर्ने, पोखरा उपत्यकाका विभिन्न स्थानमा रहेका बाटो, खोला खोल्सी, ताल, गुफा लगाएतको मापदण्ड टुङ्याउनको लागि डा. भरत पहारीको नेतृत्वमा एक महिना भित्र प्रतिवेदन तयार गर्नको लागि ५ सदस्यीय समिति गठन गर्ने, पोखराको विभिन्न स्थानमा आकाशे पुल निर्माणको लागि सम्भाब्यता अध्ययन गर्ने लगाएतका निर्णय गरेको पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीका स्वकिय सचिब लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds