गण्डक न्युज पोखरा, ७ वैशाख / अश्लिल क्रियाकलाप गरिरहेको अवस्थामा प्रहरीले देखेपछि घुस दिन खोज्ने युवक सहित युवती प्रहरी फन्दामा परेका छन् ।
पोखराको पृथ्विचोक स्थित बसपार्कमा पार्किङ गरी राखेको ना ५ ख ३६२३ नं. को भाडाबस भित्र विहीबार राति पौने ९ बजे युवा र युवतीको अश्लिल क्रियाकलाप प्रहरीले देख्यो ।
कास्की प्रहरीका अनुसार अस्थायी प्रहरी पोष्ट बसपार्कमा डिउटीमा खटिएका प्रहरी जवान किसान परियारले उनीहरुलाई नियन्त्रणमा लिएकोमा लोभलालच देखाई दुई हजार रुपैया घुस दिने पोखरा वडा नं. ९ बस्ने विशालजंग शाही र उनको साथमा रहेकी महिलालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
घुस दिएको नगद रकम सहित वडा प्रहरी कार्यालय बैदाम कास्कीको नियन्त्रणमा केही सार्वजानिक अपराध मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको १५ बुँदे कार्ययोजना अनुरुप भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाई नागरिकलाई सरल र सहज रुपमा निष्पक्ष तवरले सेवा प्रदान गरी आफु खटिएको डिउटीमा कुनै लोभ प्रलोभनमा नपरी तदारुकताकासाथ डिउटी गर्ने प्रहरी जवान किसान परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अभिलेखमा जनिने गरी नगद सात सय रुपैया सहित पुरस्कृत गरेको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन