तनहुँ, ५ बैशाख / लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँमा बस्दै आएका राजा मामाको आज ९बुधबार० बिहान ७५ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।
बिहान शौचालय गएर फर्किदा लडेको र उठाएर खाटका सुताएको त्यसपछि नउठेको उनको श्रीमती इन्द्रमाया कुसुण्डाले बताइन । कुसुन्डा जातिको भाषा बोल्न जान्ने उनी एकमात्र व्यक्ति थिए ।
राजा मामा बिहान पाँच बजेतिर आफ्नै घरमा लडिरहेको अवस्थामा फेला परेका थिए । उनी उच्च रक्तचापको बिरामी थिए । उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संरक्षण गरेर राखेको थियो । उनले इन्द्रमाया तामाङसँग विवाह गरेका थिए ।
उनी गाउँमा ‘कुसुन्डा कान्छा’ भनेर चिनिन्थे । पछि आदिवासी जनजाती अगुवाहरुले उनलाई ‘राजा मामा’ नाम दिएका हुन् । उनले तनहुँ जिल्ला प्रशासन कार्यालयबाट पनि ‘राजा मामा कुसुन्डा’ नामबाट नागरिकता बनाएका छन् ।
उनको श्रीमती र एक छोरी छन् । १० वर्षीय छोरी सिमान्त कुसुण्डा कक्षा ३ को परिक्षा दिएर बसेकी छिन । जनजातीको परम्परा अनुसार उनको दाहसंस्कार गर्ने नेपाल आदिवासी जनजाती महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताइन ।
अन्तिम दाहसंस्कारको खर्च व्यास नगरपालिका र नेपाल आदिवासी जनजाती महासंघ तनहुँले व्यहोर्ने महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले जानकारी दिइन ।
उनको एक छोरी श्रीमतीको लालनपालन र संरक्षण गर्ने कार्य राज्य गर्न जरुरी रहेको आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरले बताए ।
-किरण श्रेष्ठ
सम्बन्धित खबर
स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अब्बल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रीतः मन्त्री पाठक
छाब्दीवाराही मन्दिर: धार्मिक गन्तव्यस्थल
तनहुँको ऋषिङमा जनप्रतिनिधिको बैठक भत्ताले ११ विद्यालयमा अक्षयकोष
तनहुँको भीमादमा आफैले ढालेको रूखले च्यापेर मृत्यु
तनहुँबाट लागु औषधसहित युवक पक्राउ
तनहुँमा दुई दुर्घटना [अपडेट]: मोटरसाइकल चालकको मृत्यु, बस खस्दा ११ घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग