पोखरामा मेघ गर्जन सहित भिषण असिना पानी

पोखरामा मेघ गर्जन सहित भिषण असिना पानी

sadik-ma-bhalpain

पाेखरा, ४ वैशाख । पाेखरामा मंगलबार दिउँसो भिषण वर्षा भएकाे छ । दिउँसो करिव ३ बजेदेखि चर्काे गड्याङगुडुङ सहित परेको भिषण असिनापानीका कारण पोखराका सडक जलमग्न बन्याे ।

विभिन्न स्थानका सडकका नालीबाट आएको पानी सिधै सडकमा बग्न थालेपछि केही समय यातायात आवनगमन नै प्रभावित भएको छ ।

पोखराको सृजनाचोक, सिद्धार्थचोक, नागढुंगा, एयरपाेर्ट लगायतका क्षेत्रमा बगेर आएको पानी सिधै सडकमा पसेपछि केहीबेर सवारी आवागमनमा नै असर परेको स्थानियले बताए ।

ठूला सवारी साधन चल्न सकेपनि साना सवारी साधनलाई बाधा पुगेको थियाे । सफा रहेको पोखराकाे माैसम अकस्मात बदली भएकाे हाे । एकैछिनमा मेघ गर्जनसहित पानी परेपछि गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमा नै अलपत्र परे ।

असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर पनि गरेको छ । सडकमा भलपानी र भारी वर्षा हुँदा अध्यारो भएर गाडीहरु हेडलाईट बालेर गाडी कुदाएका थिए ।

कतिपय स्थानमा भलपानीले पार्किङमा राखेका मोटरसाइकल स्कुटर समेत ढलाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ