कुम्भ
वर्षको ग्रह गोचर समग्रमा राम्रो रहनेछ । उपलब्धिका काम हुनेछन् । बर्षारम्भमा ग्रह अनुकूल भएकाले जोस र जाँगर बढ्ने तथा चौतर्फी सफलता पाउने योग छ । तपाईँको लगनशीलता र इमान्दारीको राज्यले पूर्ण सम्मान गर्नेछ । वकिल, ज्योतिषी र पत्रकार तथा न्यायिक कार्यहरूमा लाग्नेहरूले रुचि र खुशीले अघि बढ्ने अवसर मिल्नेछ ।
बोलीको प्रभाव राम्रो रहनाले आकस्मिक धनलाभ हुनुको साथै नसोचेको काम हात पार्न बोलीकै प्रभाव पर्याप्त हुनेछ । ठूला व्यक्तिसँग हुने अन्तरसंवादले मनोबल बढ्नुको साथै पदप्रतिष्ठा प्राप्तिको बलियो सम्भावना रहनेछ । नोकरीमा शुभ अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन्। पदोन्नतिको सम्भावना पनि प्रवल छ ।
राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइनेछ । आश्विन १९ पछि नोकरीमा केही अप्ठ्याराहरू आउनेछन् । गोपनीयतामा जोड दिनुहोला । कुटनीतिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । राजनीतिमा शत्रुको कुदृष्टि पर्ने हुँदा अरुको विश्वासमा भन्दा आफ्नो विवेकमा काम गर्दा समस्या कम होला ।
कुरा काट्नेहरू सबै नै प्रशंसक हुनेछन् । पुराना समस्या सुल्झाउनका लागि यो उचित समय हो । शत्रु पराजय हुनुको साथै मित्रतथा पारिवारिक सहयोग प्रशस्त मात्रामा मिल्नेछ । नयाँ मित्रको आगमनले सफलतालाई अझै उचाइमा लैजानेछ । घर, जग्गा तथा सवारी साधन जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता मिल्नेछ ।
पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । व्यापारमा लाभ मिल्नुको साथै रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले वैदेशिक कार्यमा लाभ हुने योग छ । सन्तानबाट सुख,शान्ति मिल्नेछ । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । अविवाहित र सन्तान नहुनेहरूको लागि यो बर्ष निकै फलदायी रहनेछ ।
भाग्य वलियो हुनुको साथै धार्मिक कार्यहरूमा मन जाने, सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ । तीर्थयात्रा पनि हुनेछ । आश्विन १९ गतेपछि गुरुको केन्द्र प्रवेशले परिस्थिति अलि प्रतिकूल बन्नेछ । महत्वपूर्ण कामलाई भाद्र महिनासम्म सक्नु उपयुक्त हुनेछ ।
वैशाख, श्रावण, मार्ग, पौष शुभ महिना हो भने ज्येष्ठ, आश्विन, माघ, चैत्र खराब। आषाढ, भाद्र, कार्तिक, फाल्गुन मध्यम महिना हुन् ।
(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ
कस्तो छ तपाईको आजको राशिफल ? पढ्नुहोस्
आज शनिवार, तपाईको राशिफल यस्तो छ ।
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
आईटी सेवामा पनि प्रवेश गर्यो सिटिजन ग्रुप
टाइगर कप भलिबलः पहिलो खेलमा पराजित गण्डकीको इलिमिनेटर खेल्ने सम्भावना कति ?