बृश्चिक
वर्षको ग्रह गोचर प्रतिकूल रहनेछ। बर्षारम्भमा द्वितीय शनि, बाह्रौँ गुरु, नवौ राहु,तृतीय केतु छन् । निराशाका बादलहरू चौतर्फी फैलिएका छन् । यो बर्ष भरि अन्त्य साढेसाती शनि ग्रहको प्रभाव बढि रहने हुदा जन्मको शनि खराव हुनेका लागि आर्थिक दृष्टिले समय त्यति अनुकुल नहुन सक्छ । आफन्तका कारण नोक्सानी वेहोर्नु पर्नेेछ । मनमा अशान्ति र नोकरीमा पदोन्नति हुदा तथा राम्रो गर्दा गर्दै पनि अपयश आउन सक्छ ।
सोच्ने शक्ति अत्यन्त कमजोर हुनेछ । मुटु मस्तिष्कमा पीडा, मानसिक तनाव र अनावस्यक विवादले सञ्चित धनको नास भई अरुवाट तीव्र आलोचना हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । अरुको काम धेरै गर्नुपर्ला । जश पाउने सम्भावना अत्यन्त कम रहनेछ ।
गलत विचार प्रशस्त मात्रामा बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा एकपछि अर्काे समस्याले ग्रसित हुनुपर्नेछ । बिनाकारण दोषी भई स्थानान्तरण हुनेछ । राजनीतिमा पाएको स्थान र मान गुम्ने प्रवल सम्भावना छ । घरेलु समस्याले सताउनेछ ।
परिवारिक समस्याले घरै छाड्ने स्थितिसम्म सिर्जना हुनेछ । सवारी साधनले पनि धोका दिनेछ। मित्रहरूले सहयोगको सट्टा आक्रमण गर्नेछन् । पढाइमा प्रयासहरू निस्फल हुनेछन् । बौध्दिक कार्यहरू निराशामा परिणत हुनेछन् । सन्तानसँग विमति रहनेछ । शत्रु प्रशस्त मात्रामा बढ्नेछन्। व्यापारमा सङ्कट आउनाको साथै उपलब्धिहीन यात्रा गर्नुपर्छ। प्रेमको यात्रामा पीडाको सामना गर्नु पर्नेछ ।
पतिपत्नीबीचविवाद बढ्ने वैदेशिक कार्यमा समस्या आउने बलियो सम्भावना छ । आर्थिक सङ्कटले प्रशस्त मात्रामा सताउनेछ । भाग्यले साथ दिनेछैन । धर्ममा मन जाने छैन। सामाजिक कार्यमा तीव्र आलोचना हुनेछ । दाँतमुखमा पीडा हुनुको साथै हड्डी समस्याले पलपल सताउनेछ । सानो काममा पनि सफलता पाउन निकै कसरत गर्नु पर्नेछ । धन माल हराउन सक्छ ।
आश्विन १९ देखि गुरुले राशिमा गोचर गर्ने हुँदा बसाइ प्रतिकूल रहेपनि दृष्टि गुरुको शक्तिशाली हुने भएकाले व्यापारमा सुधार आउने पतिपत्नीबीच बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । शैक्षिक क्षेत्रमा सामान्य प्रगति हुनेछ । घरमा मांगलिक काम हुनेछन् । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ तर वचत गर्न भने गाह्रो हुनेछ । पशु चौपाय तथा कृषि क्षेत्रमा गरेको लगानी निरर्थक हुन सक्छ । वैदेशिक यात्राको योग देखिन्छ । नयाँ कामको थालनी हुनेछ ।
प्रेमको यात्रामा सुधार आउने र वैदेशिक कार्यमा सुधार आउनेछ । पढाइमा सुधार आउनुको साथै सन्तानसँगको विमति पनि हटेर जानेछ । कुरा काट्नेहरूलाइ निस्तेज बनाउन सकिनेछ । कूटनीतिक क्षेत्रमा पनि अपेक्षित सुधार आउनेछ । आम्दानीको अवसर प्राप्त भई आर्थिक सङ्कटबाट पनि केही राहत मिल्नेछ ।
बौध्दिक कार्यमा अघि बढन समस्या हुने छैन । महत्वपूर्ण कामहरू आश्विन १९ देखि फाल्गुन १० सम्ममा सक्नु पर्नेछ ।
बैशाख, भाद्र, आश्विन, माघ शुभ र आषाढ, कार्तिक, पौष, फाल्गुन अशुभ। ज्येष्ठ, श्रावण, मार्ग तथा चैत्र महिना मध्यम रहनेछन् ।
(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)
[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]
सम्बन्धित खबर
डा. शिव सुवेदी भन्दै आए ‘बाँचेको छु धन्न’, समिक्षा अधिकारी र विक्रमको मिठो साथ
कस्तो छ तपाईको आजको राशिफल ? पढ्नुहोस्
आज शनिवार, तपाईको राशिफल यस्तो छ ।
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
आईटी सेवामा पनि प्रवेश गर्यो सिटिजन ग्रुप
टाइगर कप भलिबलः पहिलो खेलमा पराजित गण्डकीको इलिमिनेटर खेल्ने सम्भावना कति ?