तुला राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

तुला राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

Tula

तुला

बर्षका ग्रह गोचर समग्रमा राम्रो छ । सानातिना उल्झन आए पनि मेहनत परिश्रमले आफ्नो लक्ष्यमा पुग्न गाह्रो छैन । चतुर्थेश तथा पञ्चमेश शनि तृतीय भावमा बलशाली भएकाले आँट र साहस प्रशस्त मात्रामा बढ्नेछ । नायाँनयाँ सोचका साथै नयाँनयाँ काममा प्रवेश गरी सफलतामा पुग्न सकिनेछ । मित्र तथा परिवारजनको उचित सहयोग मिल्नेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् । घर तथा सवारी जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता पाउनुहोला ।

जन्म समयमा शनि अनुकुल हुनेले यो वर्ष धेरै क्षेत्रमा सफलता हात पार्नेछन् । उद्योग पराक्रम बढ्नेछ । अधुरा काम फस्र्योट हुनेछन् । नयाँ योजनाका बारेमा विचार विमर्श हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शैक्षिक विषयलाई लिएर विदेश यात्रा हुनसक्छ । श्रम क्षेत्र सपल रहनेछ । चतुर्थ राहुले भने पारिवारिक सुख र भौतिक सुखमा कमि ल्याउनेछ । काम गरेर पूर्ण लाभ लिन सकिने छैन । चोटपटक आदिको भय देखिन्छ । वायु विकारले सताउनेछ ।

शैक्षिक यात्रामा छात्रवृत्तिको योग ज्ञान विज्ञानमा विशेष लाभ प्राविधिक शिक्षामा ऐतिहासिक सफलता मिल्ने योग छ। सामान्य मित्रको सम्बन्ध प्रेममा परिणत हुनेछ भने घनिष्ट प्रेम वैवाहिक मार्गमा अघि बढ्ने सन्तान प्राप्तिको पनि बलियो सम्भावना छ । बोलीको प्रभाव राम्रो रहेकोले कूटनीतिक कार्यमा कीर्तिमानी कार्य गर्न सफल भई अरुको शिर निहुराउन सफल हुनुहोला । ठूला व्यक्तिसँग निकट भई काम गर्ने अवसर मिल्नेछ । राज्यका उच्च अङ्गले तपाईंको परामर्श लिनेछन् ।

ज्येष्ठ, आश्विन, मार्ग, माघ महिना बाहेकका महिनामा धन आर्जन प्रशस्त मात्रामा हुनेछ । धार्मिक र सामाजिक कार्यको साथ यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा सफलता पाउन अलि प्रतिस्पर्धा गर्नु पर्नेछ । भाग्यले साथ दिनेछ। कर्म भने त्यति बलियो देखिँदैन।

बर्षारम्भदेखि आश्विन १८ सम्म राशिको गुरु तथा चतुर्थ केतु र दशौँ राहुको प्रतिकूलताले पेट, छाती, गडबढ। नोकरीमा उतारचढाव र राजनीतिमा संकट आउनाले मनमा चिन्ता बढ्नेछ । यतिबेला शत्रु सक्रिय हुनेछन् । सजग रहनु उचित हुनेछ । शरीरमा चोटपटक लाग्न सक्छ। निर्णय गर्न गाह्रो हुन्छ।

आफू दुविधाग्रस्त भएको मौकामा अरुले गलत फाइदा उठाउन सक्ने भएकोले धैर्य गर्नुपर्ला । मातापिताको स्वास्थ्यमा बाधा र सम्वन्धमा ह्रास आउन सक्ने भएकोले सचेत हुनु बेस। ज्येष्ठ, आश्विन, माघ, मार्ग खराब महिना। श्रावण, भाद्र, पौष, चैत्र राम्रो। आषाढ, कार्तिक, फाल्गुन, वैशाख मध्यम महिना रहनेछ।

(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ