बागलुङ, १ बैशाख । बागलुङ, जैमिनी नगरपालिकामा बिरामी भएर घर बिदामा रहेका सशस्त्र प्रहरी जवानले अन्धाधुन्द त्रिशुल प्रहार गर्दा आफै सहित ७ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार चैत ३० गतेको सबेरै साढे ३ बजेको समयमा सीमा सुरक्षा गुल्म जोमसोम, मुस्ताङमा कार्यरत (हाल बिरामी भएर बिदामा घर बिनामारे आएका) सशस्त्र प्रहरी जवान ओमबहादुर मल्लले एक घण्टा टाढा एक महिलाको घरमा पुगेर त्रिशुल कब्जामा लिएर यस्तो उत्पात मच्चाएका हुन् ।
सुतिरहेको ओछ्यानबाट उठेर ३० वर्षीय मल्लले पहिले हात हेर्ने काम गर्ने गरेकी ३५ वर्षीया चुना परियारको घरमा पुगेर पूजाकोठी खोल्न लगाई त्यहाँ रहेको त्रिशुल झिकेर परियारलाई प्रहार गरेका थिए ।
परियारले हार गुहार गरेपछी जम्मा भएका छरछिमेकीहरु माथि समेत मल्लले त्रिशुल प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । छिस्ती प्रहरी चौकीमा सूचना प्राप्त हुँदा साथ टोली घटनास्थल पुगी मल्ललाई नियन्त्रणमा लिएको र घाईतेहरुलाई उपचारका लागि धौलागिरी अन्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार त्रिशुल प्रहार गर्ने सशस्त्र प्रहरी जवान मल्लपनि रक्ताम्मे हुने गरी घाईते भएकाले उनका आफन्तले शुक्रबार ६ बजे थप उपचारका लागि पोखरा लगेका छन् ।
घटनामा घाईते हुनेहरु ८० वर्षिया भूपी दमिनी, ३५ वर्षकी चुना परियनार, वर्ष ५० का हरि परियार, वर्ष ४५ की पूर्णकली परियार, ३७ वर्षिय गणेश केसी तथा वर्ष ३१ की निर्मला केसी रहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी जवान मल्ल राति उठेर एक घण्टाको दुरीमा रहेको हात हेर्ने काम गर्ने चुना परियारको घरमा पुगेर पूजा कोठीमा रहेको त्रिशुल झिकेको घटनाले मल्ललाई पहिले नै चुनाको घरका बारेका यथेष्ट जानकारी थियो वा उनी कुन सुरमा चुनाको घरमा पुगे ? यसको अनुसन्धान भईरहेको जनाईएको छ ।
सम्बन्धित खबर
चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे
बागलुङका १०६ खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटियो
बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै, शर्मा र शाक्यबीच नेतृत्त्वमा होडबाजी
बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर