मन्त्री पण्डितको शुभकामना सन्देश: सेवा प्रवाह गर्नको निम्ती राष्ट्रसेवकको कमी हुने छैन

मन्त्री पण्डितको शुभकामना सन्देश: सेवा प्रवाह गर्नको निम्ती राष्ट्रसेवकको कमी हुने छैन

Lalbabu padbhar

नयाँ वर्ष २०७५ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैप्रति मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । ७४ साल चुनावी वर्षको रुपमा रह्यो । अब ७५ साल संघियतालाई व्यवस्थित गर्ने वर्षका रुपमा र विकासलाई अगाडि बढाउने वर्षको रुपमा रहनेछ भन्ने विश्वास लिएको छु ।

अब केही दिनभित्रै हरेक गाउँ, वडा तहमा सेवा प्रवाह गर्नको निम्ती राष्ट्रसेवकको कमी हुने छैन । हरेक ठाउँमा नयाँ संरचना तयार गरेर पठाइसकेका छौँ । १५ दिनभित्र प्राथमिकताको सूचि प्रस्तुत गर्न राष्ट्रसेवकलाई सार्वजनिक सुचनामार्फत आग्रह गरेका छौँ । सबै ठाउँमा प्रशासनिक र प्राविधिक कर्मचारीलाई व्यवस्थापन गर्छौँ । अबको एक महिनाभित्रमा कर्मचारी व्यवस्थापन गर्न सक्छौँ ।

विगतमा कर्मचारीहरुमा देखिएको विसंगति र विकृतिहरुलाई हामी समाप्त पार्न चाहन्छौँ । चाहे जनप्रतिनिधी हुन्, चाहे राष्ट्रसेवक, काम छोडेर विदेश वा कहीँ कतै घुम्न जाने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अति आवश्यक काममा बाहेक मन लागेको बेलामा मन लागेको ठाउँमा घुम्न जाने प्रवृत्तिको अन्त्य हुन्छ ।

लालबाबु पण्डित

वैशाख १, काठमाण्डौ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds