कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
पर्यटन वर्ष शुभारम्भ कार्यक्रममा सहभागी हुन पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, सञ्चारकर्मीहरु रारा पुगेका छन् । अतिथि व्यवस्थापन, स्वागत गेट, मञ्च व्यवस्थापन लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले जानकारी दिए ।
नया वर्षसंगै प्रदेश सरकारको निमन्त्रणमा यहा“ आउने आगन्तुकहरुलाई आवास व्यवस्थापन गर्न टेन्ट बनाइएको छ । करिब डेढ सय टेन्ट छन् । पर्यटन वर्षकै सुरु दिनमा पाहुनाहरुलाई खाना, बस्नको दुःख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ ।
प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना तथा आवास व्यवस्थापनको जिम्मा लिएको छ भने प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ । सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा बसाल्ने तयारी छ ।
जिल्ला मूल समारोह समितिका संयोजक पूर्णबहादुर रोकायाले पर्यटन वर्ष उद्घाटनको सबै तयारी अन्तिम चरणमा पुगेको जनाए । त्यस्तै, पर्यटन वर्ष उद्घाटनका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमका लागि नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालित छन् ।
प्रदेश सरकारको पहिलो बैठकले नया वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो । ‘कर्णाली सम्वृद्धिको आधार ः पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो ।
प्रधानमन्त्री ओली शुक्रबार रारा आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा प्रदेश सरकारको मन्त्रीपरिषद बैठक बस्नेछ । बैठकमा मुगुको तिब्बत नाका नाक्चेनाङ्गलालाई राष्ट्रिय प्राथमिकतामा पार्न प्रधानमन्त्रीसमक्ष अनुरोध गर्ने तयारी भएको प्रदेश सरकारका एक मन्त्रीले बताए ।
प्रधानमन्त्रीले शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाउमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका पे्रस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका पुगेर ११ बजे पुनः रारा फर्किनेछन् । रारामा प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यतालिका छ ।
१२ बजे पर्यटन वर्ष उद्घाटन सकेर २ बजे जुम्ला प्रस्थान गर्दैछन् । जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ । मुगुमा रहदा प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ । आज साझ कर्णालीको रारामा प्रधानमन्त्रिको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशको पहिलो बैठक बसकेको छ ।
सम्बन्धित खबर
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते