गण्डक न्युज पोखरा, ३० चैत / पोखरा ७ रत्नचोक स्थित रत्नज्योति माविमा अध्ययनरत शंकर श्रेष्ठले फोहोर संकलनका लागि उपयोगी स्वचालित यन्त्र निर्माण गरेका छन् । कक्षा ७ मा अध्ययनरत १३ वर्षीय श्रेष्ठले एकल प्रयासमा स्थानीय सामाग्री प्रयोग गरी उक्त रोबर्ट बनाएका हुन् ।
काठका टुक्राहरु, आल्मुनियम तथा टीनका धातु, जुटको बोरा, गम, रबर पांग्रा, डिसी मोटर, हाइड्रोलिक लगायतका साम्राग्री प्रयोग गरी बनाएको उक्त यन्त्रको पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो ।
सो यन्त्रको अगाडिको भागले फोहोर उठाएर मोटरको सहायताले माथिपट्टी रहेको लिफ्टमा पुर्याउँदछ । रोलरलाई पछाडि तान्दा लिफ्ट घुमेपछि फोहोर बाकसमा जम्मा हुन्छ । क्रेनको सहायतमा सो फोहोर विभिन्न बाकसमा राख्न सकिन्छ । फोहोरको प्रकृति अनुसार फोहोर छुट्याउन सकिने रोबर्ट निर्माणकर्ता शंकरले बताए ।
शंकरले यस रोबर्ट बाहेक केवलकार, रिमोट गाडी, डोजर बनाईसकेका छन् । यसै वर्ष जिल्ला शिक्षा कार्यालयबाट अन्तर विद्यालय स्तरीय प्रतिभा पहिचान अन्तर्गत विज्ञान विधामा उनी प्रथम भई पुरस्कृत समेत भएका थिए ।
गोरखा गण्डक गाउँपालिका ३ घर भई रत्नचोकमै बस्दै आएका श्रेष्ठले नर्सरीदेखि नै सोहि विद्यालयमा अध्ययन गर्दै आएको विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले जानकारी दिए । शंकरले निर्माण गरेको रोबर्टका लागि विद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ । विद्यार्थीका यस्ता प्रतिभालाई विद्यालयले कदर गर्दै सहयोग गर्ने उनले बताए ।
यसअघि सोहि विद्यालयमा अध्ययन गरेका तल्लज बराल, तालांक बराल, सनिक केसी, शिशिर कुँवर लगायतले विभिन्न प्रकारका रोबर्ट निर्माण गरिसकेका छन् । यन्त्र प्रदर्शन कार्यक्रममा पोखरा वडा नं.७ का अध्यक्ष रामचन्द्र बराल, वडा सदस्य दीनबन्धु पौडेल, पत्रकार नारायण कार्की, शंकरकी आमा रोमिका श्रेष्ठ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो